विदेशी नागरिक फिर्ता लैजादै नेपाल एयरलाइन्स, आजै अष्ट्रेलिया र चीन उड्ने

काठमाडौं । नेपाल एयरलाइन्सको जहाजले आजै २ वटा अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । अहिले साढे १ बजे अष्ट्रलियन नागरिक बोकेर सिड्नीतर्फ प्रस्थान गर्दैछ भने साँझ ५ बजे चिनियाँ नागरिक बोकेर बेइजिङ तर्फ प्रस्थान गर्दैछ ।
रातो पाटी लेख्छ:
नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार एयरलाइन्सले लकडाउनमा ८ वटा अन्तर्राष्टिय उडान भरिसकेको छ ।
प्रवक्ता खड्काका अनुसार नेपालमा रहेका २६४ अष्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी गन्तव्यमा चार्टर्ड उडान गर्न लागेको हो ।
वाइडबडी जहाज अष्ट्रेलियाबाट रित्तै फर्कनेछ । लोड कम हुने भएकाले सिधा सिड्नी–काठमाडौँ उडान हुने जनाइएको छ ।
निगमले यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टड उडन गरेको थियो । मलेशिया ट्रान्जिट हुँदै अष्टे«लियासम्मको यो उडान करिब १३ घण्टाको थियो । निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर सिड्नी पुग्नेछ भने सिड्नीबाट फर्कँदा सिधैँ काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । काठमाडौँ–सिड्नी साढे १२ घण्टाको उडान हुनेछ ।
नेपाल एयरलाइन्सको बेइजिङ उडान भने पहिलो र ऐतिहासिक उडान हुनेछ । अहिलेको विषम परिस्थितमा गर्न लागिएको कार्गो उडान भए पनि बेइजिङ उडान निगमको उड्डयन इतिहासमै पहिलोपटक भएको निगमले उल्लेख गरेको छ । काठमाडौँ–बेइजिङ करिब सात घण्टाको उडान हुनेछ ।
कोरोना भाइरसका कारण विभिन्न देशहरुले विमान चार्टर गर्दै आफ्ना नागरिक फिर्ता लगिरहेका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस