सांसद र कर्मचारीको कोरोना परीक्षण गरिने

काठमाडौं : प्रतिनिधिसभाका सबै सदस्य तथा कर्मचारीहरूको कोरोना परीक्षण गरिने भएको छ।
थाह खबर लेख्छ:
मंगलबार सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सबै सांसद र कर्मचारीको पीसीआर विधिबाट कोरोनाको परीक्षण गर्ने निर्णय गरेको हो।
वैशाख २६ गतेदेखि संसदको बर्खे अधिवेशन आह्वान भइसकेको छ। बैठक सञ्चालन हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदको सभाहलहरू, कक्षहरू, भवन र परिसरलाई स्यानीटाइज गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै दूरी कायम गरेर बैठकहरु सञ्चालन गर्ने, संघीय संसद भवनमा कोरोना संक्रमण हुन नदिन सबै पूर्व- तयारी गर्ने निर्णय पनि बैठकले गरेको छ। संघीय संसद भवनको सरसफाईमा विशेष ध्यान दिने निर्णय पनि बैठकले गरेको छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस