अन्नपूर्णको दाङसिङमा खाद्यान्न समाग्री सहयोग


पोखरा, २५ वैशाख ।कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८  साविकको दाङसिङ गा वि स वडा नं १ दखि ६ मा रहेका विपन्न परिवारलाई खाद्यान्न समाग्री वितरण गरिएको छ ।

लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्र कुमार शेरचनको व्यवस्थापन तथा पहलमा खाद्यान्न समाग्री वितरण गरिएको हो ।

शेरचनकै पहलमा पोखरा रानीपौवा सिरमोरलाइनका चीन बहादुर प्यारी म्हेगिकोने गुरुङ प्रतिष्ठानका अध्यक्ष पूर्ण कोने एवं दाल भातपावर परिवार मुग्लिङ, अनिको साथीको संसारका प्रमुख प्रश्न घमाल, कुम्दिनी होम्स पोखरा, पल्सरबाइक सोरुमका प्रोपाइटर इच्छामान बुद्दाचार्यले खाद्यान्न सामाग्री सहयोग गरेका थिए ।

अध्यक्ष कोनेले उपचार गर्न नसकेका दीर्घ  रोगीहरु र अपाङगाहरुलाइ आर्थिक सहयोग पनि गरेका थिए । चीनबहादुर प्यारी गुरुङ प्रतिस्ठान त्यस क्षेत्रमा धेरै लोक कल्याणकारी कामहरु गर्दै आएको शेरचनले जानकारी दिए ।

विश्व अहिले कोराना महामारीले लकडाउनको स्थितिमा ज्याला मजदुरी गरिखाने वर्गलाइ हात मुख जोडन दिनप्रतिदिन गारो भइरहेको यस परिस्थितमा संघसंस्था तथा समाजसेवी व्यक्तित्वहरु गरेको यो सहहयोगलाई स्थानियले प्रशंशा गरेका थिए ।

अन्नपूर्ण गाउँपालिका अन्तर्ग विभिन्न वडामा रहेका अतिविपन्न परिवारलाई पनि खाद्यान्न समाग्री वितण गर्ने पहल थालिएको शेरचनले जानकारी दिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope