थप, लकडाउन (कबिता)

२५ बैशाख २०७७, बिहीबार ०३:२६

लकडाउनमा त देश त्यसै थियो नै
कर्णाली भोकै थियो
महिला हिँसा कायमै थियो
बलत्कारि छाती फुकाएर घुमिरहेकै थियो
सिमानामा त्यसरीनै सिमान्तकृत थिए
अल्पसन्ख्यक जसलाई राज्यले नागरिक ठान्न हिच्किचाई रहयो ।
जसले यो राज्यको नागरिक मै हो भनेर सिमाना जोगाईरह्यो ।

आखिर यो लकडाउन त केवल बाहाना मात्रै हो, सत्ताले खोजेको अवसर !
त्यहि भएर उ बढाउदैन परिक्षणको गति
प्रयोगमा ल्याउदैन फ्रिज भएर बसेको आर्थिक बजेट
र उ एउटै काम गरिरहन्छ
बैठक बसिरहन्छ एउटा बिसाल निर्णय गर्न
‘लकडाउन लम्ब्याउने कि नलम्ब्याउने?’

लकडाउन हुनु भन्दा अगि सिटामोल नपाएर मर्नेहरु
खान नपाएर मर्नेहरु, बाटामा लादा लादै मर्ने सुत्केरीहरु
अब लकडाउनका समय मरे भने
दोषी सरकार हुने छैन, कोरोना हुने छ ।
त्यसैले थप लकडाउन, ठप्प पार देश
र बैठक बसाईराख बालुवाटारमा !
मिले फेरी कुनै सनकमा अर्को अध्यादेश ल्याउ
मिलेन फेरी फिर्ता लेउ ।

कोरोना कहरमा काठमाण्डौ शहरमा
रहर लाग्दा फूलहरुको बैंस हेरेर मख्ख म
काठमाण्डौको फोहोर स्वाट्टै बालुवाटारमा पुग्दा
बुझेको हुँ मैले पनि लकडाउन त बाहाना/अवसर मात्र रहेछ !

गणेशले मुसालाई आफ्नो बाहान बनाए जस्तै
तिमि पनि बनाउ लकडाउनलाई तिम्रो बाहान र
त्यसैको बुई चढेर
बाहिर ननिस्किन भन, मुख-नाक थुन भन, आँखा थुन भन
मिले कान् थुन भन र
गर बालुवाटारमा लकडाउनको भरपुर सदुपयोग (दुरुपयोग) !

लेखक परिचय: तुलसी आचार्य अंग्रेजी उपन्यास ‘रनिङ्ग फ्रम दि ड्रिम्ल्याण्ड’ र ‘जेण्डर एण्ड डिसेबिलिटि पोलिसी’ पुस्तकका लेखक हुन् । उनि विभिन्न बिषयमा कलम चलाउन मन पराउँछन । फुर्सदमा उनि कबिता पनि लेख्छन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.