कलंकीमा कर्णेलको कारले किच्दा मृत्यु


कलंकीको रविभवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

कलंकी प्रहरीका अनुसार आज बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक टीकाराज गेलालको ज्यान गएको हो । गेलालको नेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कलंकीबाट कालीमाटीतर्फ आइरहेको नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल शेखर जबरा सवार बा २१ च ४३४७ नम्बरको कारमा बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किँन पुग्दा दुर्घटना भएको हो ।

कालीमाटीबाट तीव्र गतिमा कलंकीतर्फ गएको मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा कारसँग ठोक्किन पुगेको थियो ।

मोटरसाइकललाई ठक्कर दिने कार चालक जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साभार: शिलापत्र


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope