कोरोनाको उत्पत्तिबारे अनुसन्धानमा चीनले सघाउने

२६ वैशाख, काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड-१९) को उत्पत्तिको विषयमा अनुसन्धानको लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओलाई सघाउने बताएको छ । यद्यपि यो अनुसन्धान राजनीतिक नभई वैज्ञानिक हुनुपर्ने चीनको माग छ ।
अमेरिकाले कोरोना भाइरस चीनको प्रयोगशालामा निर्माण गरिएको छ र यसको जाँच हुनुपर्ने माग राख्दै आएको छ । साथै उसले कोरोना भाइरसबारे पारदर्शी नबनेको र आफ्नो मुलुकमा नै यो भाइरसलाई नियन्त्रण गर्न नसकेको आरोप चीनमाथि छ ।
यद्यपि चीनले भने यी सबै आरोप अस्वीकार गर्दै आएको छ । चीनले पनि कोरोना भाइरसको उत्पत्ति चीनबाहिर नै भएको दाबी गरेको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले अमेरिका एक झुट लुकाउन अर्को झुट बोलिरहेको आरोप लगाएका थिए ।
कोरोना भाइरसको महामारीमा चीन र अमेरिकाको सम्बन्ध झनै चिसिएको छ । यो महामारीले समग्र विश्वलाई नै एक स्थानमा ल्याउने अपेक्षा गरिएको थियो । तर, त्यसको विपरीत चीन र अमेरिका यो महामारीबारे आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।
स्रोत : बीबीसी, साभार: अनलाईन खबर
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस