काठमाडौं । सिंहदरबारको गेटमा प्रहरीमाथि आक्रमण गरेको आरोपमा ४७ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरु सबैलाई नगर प्रहरीको कार्यालयमा राखिएको छ । आजमात्रै चिनियाँले आफ्नो देशमा फिर्ता जान पाउनुपर्ने माग गर्दै सिंहदरबार गेटमा प्रदर्शन गरेका थिए ।
निषेधित क्षेत्र र त्यसमाथि लकडाउनको समयमा प्रदर्शन गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा उनीहरु प्रहरीमाथि जाइलागेका थिए । त्यस क्रममा महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत र एक प्रहरी जवान घाइते भएका थिए । त्यस क्रममा ४ जना चिनिया नागरिक पनि घाइते भएका थिए ।

प्रदर्शन रोक्न खोज्दा चिनियाँहरु प्रहरीमाथि नै जाइलागेका थिए । यसअघि पनि उनीहरुले स्वदेश फिर्ता जान पाउनुपर्ने भन्दै दूतावाससँग आग्रह गरेका छन् । उनीहरुलाई के गर्ने भन्नेबारे छलफल भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । (copied from 12 Khari)
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com