भारतको महाराष्ट्रमा शुक्रबार मालवाहक ट्रकले किच्दा १६ आप्रवासी कामदारको मृत्यु भएको छ।
अउरंगावाद जिल्लाको घोडेजाल्गाउँमा रेलको लिकमा सुतेका ती आप्रवासी मजदुर घर जान हिँडेका थिए।

बिहान साढे ५ बजेतिर नान्डेदबाट मनमान जान लागेको पेट्रोलिय पदार्थ बोकेको रेलले उनीहरूलाई किचेको हो।
नजिकैको अर्को जिल्ला जल्नाको स्टिल कम्पनीका काम गर्ने ती मजदुरहरू लकडाउनले काम बन्द भएपछि घर जान हिँडेका थिए।
सडकबाट हिँड्दा प्रहरीले सोधपुछ गर्ने र जान नदिने ठानेर उनीहरूले रेलको लिकलिकै यात्रा तय गरेका थिए।
शुक्रबार बिहान फेरि हिँड्ने योजना बनाएर सुतेका उनीहरूलाई बिहान नउठ्दै रेलले किचेको हो। भुसवाल भन्ने ठाउँमा उनीहरूलाई घर जाने रेल पाइन्छ भन्ने आशा थियो।
घटनामा परी घाइते भएका पाँच जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गरेका छन्।
भारतमा कोरोनाभाइरसको संक्रमण रोक्न गत मार्च २५ देखि देशव्यापी लकडाउन गरिएको छ। अकस्मात गरिएको लकडाउनले करोडौं आप्रवासी मजदुर विभिन्न राज्यमा अलपत्र परेका थिए।
तीमध्ये कतिपय हिँडेर घर गएका छन् भने कतिलाई पछि बस/रेलबाट घर पठाइएको थियो।
अझै पनि लाखौं मजदुर विभिन्न ठाउँमा फसेका छन्।
साभार: सेतो पाटी
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com