कोरोना कहर (कबिता )

आशै आशाका सागरमा
चुर्लुम्म डुबेका सपनाहरू
कतै निराशामा परिणत हुने त होइनन् ?
सडक सुनसान छ
मनुष्य देखि मनुष्य डराएको छ
आफ्नै शरीरका अङ्ग, अङ्ग देखि ससंकित भएको छ मानिस !
बोल्ने आँट, शाहस सबै हराएको छ !
वाताबरण प्रदुषण मुक्त देखिए पनि
कता कता भयको कालो बादल मडारिएको छ
सधै हिड्ने दोबाटो अपरिचित छ !
कुनै अपराध नगरी
घर भित्रै कैदी हुन् बाध्य छ मान्छे
जताततै अन्योल छ,
उज्यालोमै अन्धकारले डेरा जमाएको छ
फैलिएको छ उ बिश्व थर्काउदै
बिज्ञानलाई चुनौती दिदै
मानव सभ्यताको उपहास गर्दै
बिज्ञान, दौलत, सभ्यता
सब निशब्द बनिरहेछ्न !
बिज्ञानलाई रिमोट जस्तै हातमा घुमाउनेहरु
३ फिट परैबाट टुलुटुलु हेरिरहेछन
जताततै लाशका पाहाडहरु !
डुबेको छ यतिबेला बिस्व
आँसुको माहासागरमा !
बिज्ञान अझैपनि खोजिरहेछ यसको सामाधान
बिश्वभरी उज्यालो दियो बाल्न
हामि भने विज्ञानलाई साथ् दिहिरहेछौ,
आँफैलाई कैदी बनाईरहेछौ यसलाई हराउन ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस