नेपाललाई थाहा नै नदिई यसरी बनायो भारतले कालापानी-लिपुलेक सडक


दार्चुला । भारतले नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी सडक निर्माण गरेको छ । शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ । भारतीय रक्षामन्त्रीले भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भएको उक्त सडक लिपुलेक हुँदै चीनको कैलास मानसरोवर जोड्न सफल भएको दाबी गर्दै सडकको उद्घाटन समेत गरिसकेका छन् ।

भारतले केही महिना लगाएर निर्माण गरिसक्दा पनि उक्त सडक निर्माणबारे नेपाल बेखबर रहेको बताइन्छ । नेपालले सो कार्यलाई पूर्वसमझदारी विपरित चालिएको कदम भनेको छ । यसबारे नेपाल सरकारले आफ्नो दूतावासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ ।



तस्वीरः रासस
साभार: रातो पाटी


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope