गोरखा अस्पताललाई इन्जिनियर संगठनद्वारा हात धुने मेसिन प्रदान


राजेन्द्र न्यौपाने
गोरखा, २९ बैशाख । प्रगतिशिल इन्जिनियर संगठन नेपाल (पिन) गोरखा र नेपाल इन्जिनियर एसोसियसन (एनइए) ले आज एक कार्यक्रमका वीच गोरखा जिल्ला अस्पताललाई खुट्टाको प्रयोग गरेर हात धुन सकिने मेसिन प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं गोरखा जिल्ला इञ्चार्ज कृष्ण धितालले गण्डकी प्रदेशका इन्जिनियरहरुको यो प्रविधिलाई सबैतिर प्रयोगमा ल्याइ सजिलै हात धुने सुविधा लिन आग्रह गरे । अस्पतालको इर्मजेन्सि वार्ड अगाडि राखिएको उक्त मेसिनमा बायाँ गोडाले थिच्दा सेम्पु र वायाँ गोडाले थिच्दा पानी निस्कन्छ । गोडाको प्रयोग गरि सजिलै हात धुन सकिन्छ ।

एनइएका गण्डकी प्रदेश अध्यक्ष विकास वाग्लेका अनुसार पिनले प्रदेशका प्रत्येक जिल्लामा सेवामुलक कार्य गर्दै आइरहेको छ । तनहुँमा रक्त संकलन,स्याङ्जा, लमजुङ जिल्लामा मेसिन हस्तान्तरण गरिएको उनले बताए । प्रदेश भित्र रहेका इन्जिनियरहरुसँग केही सहयोग लिएर प्रविधि हस्तान्तरण गरेको उनको भनाई थियो । दुईसय लिटरको पानी ट्यांकी राखेर हातधुने यन्त्र बनाउँदा ३० हजार खर्च भएको प्रदेश सदस्य साधुराम लामिछानेले बताए ।

हातधुुने मेसिनसँगै इन्जिनियरहरुले ३० हजार मुल्य बराबरको स्वास्थ्य सामग्री समेत आजै अस्पताललाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष, सदस्यहरु, मेडिकल सुपरिटेन्ण्डेण्ट, अस्पतालका डाक्टर, पत्रकारहरुको सहभागिता रहेको थियो । गोरखा अस्पताल विकास समितिका अध्यक्ष पुरुषोत्तम अर्यालले यो प्रविधि सबै विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्यालयहरुमा पुर्याउनुपर्ने बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope