एकैदिनमा झन्डै १०० कोरोना सन्क्रमित थपिए, काठमान्डौमा ३, घरबाहिर निस्किन डर।

३० बैशाख २०७७, मंगलवार २०:२४

३० वैशाख, काठमाडौं । काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण पुष्टि भएको छ । यससँगै मंगलबार एकैदिनमा ८३ जना संक्रमित थपिएका छन् ।

मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.