ए भारतले सडक पो खन्दैछ त्यो त मलाई थाहै थिएन भन्छन प्रधानमन्त्री के पी ओली


काठमाडौं । भारतले केही दिन पहिले लिपुलेकमा सडक उद्घाटन गरेको छ । तर नेपालले त्यो सडक बनेर उद्घाटन भएपछि विरोध जनाउन थालेको छ । सुरुवातमा भारतको नयाँ राजनीतिक नक्सालाई लिएर विरोध जनाइएको भए पनि सडकको विषयमा धेरै जानकार थिएनन् । लिपुलेकमा सडक बन्दै गरेको न सरकारलाई थाहा थियो न त जनतालाई नै राम्रोसँग जानकारी थियो । यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओली ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नदिइएको खुलासा गर्नुभएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वयंमले संसदमा उभिएर भारतले बनाएको सडकबारे सरकारलाई जानकारी थियो भनिरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो बयान आएको हो । प्रधानमन्त्री ओलीले आफूलाई कसैले रिर्पोटिङ नै नगरेको गुनासो मन्त्रिपरिषद् बैठकमै गर्नुभएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेक विवादबारे ब्रिफिङ दिनु भएको थियो । यसबारे संसद र संसदीय समितिहरुमा भएको छलफलदेखि दलहरुले लिएको अडानबारे जानकारी गराइएको छ ।

मन्त्री ज्ञवालीको बयानपछि लगतै प्रधानमन्त्री ओली झण्डै आधा घण्टा यसबारे बोलेको एक मन्त्रीले जानकारी दिनुभयो । ति मन्त्रीले सुगौली सन्धिअनुसार काली नदी पूर्वको भूभाग नेपालको भएको बताउनुभयो । तर कालापानी क्षेत्रमा सीमाको समस्या पुरानो भएको भन्दै उनले वि.सं. २०५५–०५६ अनेरास्ववियुका तत्कालीन अध्यक्ष योगेश भट्टराई र दीपक भट्टको नेतृत्वमा मार्चपास गरेको स्मरण प्रधानमन्त्रीले गर्नुभएको छ । प्रधानमन्त्रीले लिपुलेकमा भारतले सडक बनाएको पूर्व सूचना आफूसँग नभएको स्पष्ट पार्नुभएको छ । (साभार: जनबोली )

बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सीडीओले रिर्पोटिङ गरेका थिए, के थिए भन्ने पत्रपत्रिकामा पढेँ । तर भारतले सडक खन्दैछ भन्ने मलाई कसैले रिपोर्टिङ गरेनन् ।’ सीमा समस्या समाधानका लागि सरकारले पटकपटक कुरा उठाउँदै आएको भएपनि भारतको नियत ठीक नभएको प्रधानमन्त्री ओलीले जानकारी गराउनु भएको छ । काली नदी पूर्वको भूभाग नेपालको हो भन्नेमा प्रष्ट अडान रहेको र त्यसअनुसार भारतसँग वार्ता गर्ने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope