घर घरमा ग्यास पुर्याउने मान्छेमा पनि कोरोना भाईरस


३० वैशाख, काठमाडौं । बाराको बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरका कोरोना संक्रमित युवकले साइकलमा राखेर उपभोक्ताको घरघरमा ग्यास पुर्‍याउने गरेको खुलेको छ ।

पर्साको वीरगञ्जको इनर्वाचोकमा ग्यास पसल सञ्चालन गर्दै आएका युवकले बलिरामपुर टोलका घरघरमा ग्यास पुर्‍याउने गरेको पाइएको हो ।

बिश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतले भने, ‘बलिरामपुरका १६ वर्षीय युवकले वीरगञ्जमा रहेको पसलबाटै उपभोक्ताको डिमान्ड अनुसार साइकलमा राखेर घरघरमै ग्यास पुर्‍याउने गर्दै आएका थिए । उनको बुबाले पसल सञ्चालन गर्दै आइरहेको भएपनि लकडाउनपछि युवकले नै पसल चलाउँदै आएका थिए ।’

युवकमा कोरोना पुष्टि भएको खबर पाउने वित्तिकै उनको परिवारका अन्य सदस्यलाई क्वारेन्टाइनमा राख्ने विषयमा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीसँग सल्लाह भइरहेको उनले बताए ।

युवकलाई भने उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको उनले बताए । ती युवकका घरमा आमा, बुबा, भाइ र एक जना बहिनी रहेको र उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको उनले बताए ।

साभार: अनलाईन खबर


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope