भारतले रोक्यो नेपालबाट निर्यात हुने पाम तेल


३० वैशाख, काठमाडौं । भारतले फेरि नेपालबाट निर्यात हुने पाम तेलमा पुनः प्रतिबन्ध लगाएको छ । विभिन्न मुलुकबाट कच्च्ाापदार्थ आयात गरेर नेपालमा प्रशोधनपछि पाम तेल भारत पठाइन्छ । जसले नेपालको निर्यात बढाउन यो वर्ष ठूलो मद्धत गरेको छ ।

साफ्टा सुबिधाअन्र्तगत नेपाल र बंगलादेशबाट आयात हुने ठूलो परिमाणको प्रशोधित पाम तेलमा रोक लगाइएको रोयटर्सले जनाएको छ ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएएफटी) ले सोमबार सूचना प्रकाशित गर्दै नेपाल र बंगलादेशबाट पैठारी गरिने पाम तेलमा रोक लगाइएको जनाएको हो ।

गत माघ २४ पछि भारतमा पाम तेल पैठारीका लागि जारी गरिएका ३९ वटा लाइसेन्स र लाइसेन्सका लागि परेका २३ वटा निवेदन खारेज गरिएको महानिर्देशनालयले जनाएको छ ।

नेपालबाट भारतीय आर्थिक वर्ष सन् २०१८/१९ मा १ लाख ८९ हजार ७८ टन पाम तेल निर्यात भएको थियो । यस्तै आर्थिक वर्ष २०१९/२० मा पैठारी हिस्सा अघिल्लो वर्षभन्दा ३ सय १४ प्रतिशतले बढेको रोयटर्सलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ ।

यसअघि भारतले पुस २२ गते नेपालमा हुने प्रशोधित माप तेलको निर्यात रोक्ने निर्णय गरेको थियो । तर नेपालको आग्रहपछि एक महिनामै पुनः पैठारी खुल्ला गरेको थियो ।

भारतीय बजारमा पाम आयल प्रशस्त मात्रामा रहेकाले आयात रोक्नपरेको समाचारमा जनाइएको छ ।

एक अर्बको लगानी जोखिममा

भारतले प्रशोधित पाम आयलको आयात रोकेको मोरङका व्यवसायी प्रकाश मुंडाले पुष्टी गरे । भारतको प्रतिबन्धका कारण एक अबौर्ँ रुपैयाँ बराबरको लगानी जोखिममा परेको उनले बताए ।

‘भारतले पछिल्लोपटक निकासी खुला गरेपछि उद्योगहरूले कच्चा पदार्थको आयात बढाएको तर एक्कासी पुनः प्रतिबन्ध लाग्यो,’ मुंडाले अनलाइनखबरसँग भने ।

उद्योगमा पनि कच्चा पदार्थ भरिएको र आयातको चरणमा पनि कच्चा पदार्थ रहेको उनको भनाइ छ । नेपालमा इन्डोनेसिया र मलेसियाबाट पामको कच्चा तेल भित्रिन्छ ।

चालू आर्थिक वर्षको फागुनसम्म कुल १५ अर्ब ३५ करोड रुपैयाँको पाम तेल नेपालबाट भारततर्फ निर्यात भएको छ ।
साभार: अनलाइन खबर


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope