यस कारण स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

काठमाडौँ – नेकपाका स्थायी कमिटी सदस्य भीम रावलको सुरक्षामा केही महिनाअघि सम्म खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो ।
सोही कारण देखाउँदै कोरोना भाइरसको जोखिम रहेको भनेर बुधबारका लागि तय भएको बैठक स्थगित गरिएको हो ।
कोरोना भाइरसको संक्रमणको खतराका कारण बैठक अन्तिम समयमा आएर स्थगित गर्नुपरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सबै सांसदहरुको कोरोना परीक्षण गरिएको भए पनि केही नेकपाका स्थायी कमिटी सदस्यहरुको परीक्षण नभएकोले बैठक स्थगित गरिएको उनले बताए ।
तर स्थायी कमिटी बैठक स्थगित हुनुको खास कारण भने प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीको आफू बचाउ रणनीति रहेको बुझिएको छ ।
स्थायी कमिटी बैठक आफ्नाविरुद्ध भएको निचोडका साथ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बैठक तत्कालै नराख्ने पक्षमा उभिका थिए ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा हुने सम्भावित विरोध र आलोचनाको जिम्मेवारी आफैले लिने बाचा गरेपछि ओली बैठक राख्न तयार भएका थिए ।
यस्तै बिरामी ओलीलाई बालुटारबाट छोडेर धुम्बाराही जानु जोखिम पूर्ण ठानिएको थियो। उनका निजी चिकित्सकले उनलाई त्यहाँ जान अनुमति दिएका थिएनन् । यहि कारण पनि बैठक स्थगित भएको हो ।
यस्तै बैठक स्थगित हुनुको अर्को कारण उपत्यकामा फेरि कोरोना भाइरसको संक्रमण देखिनु पनि हो । यस्तो बेलामा बैठक राख्न नहुने सुझाव ओलीलाई दिइएको स्रोतले बताएको छ ।
सांसदको कोरोना भाइरस परीक्षण भए पनि नेकपाका अन्य स्थायी कमिटी सदस्यको कोरोना भाइरस परीक्षण नभएको बहाना बनाइएको हो ।
त्यसैले बैठकको निर्धारित समय भन्दा दुई घन्टा अघि ‘कोरोना भाइरसको त्रास बढ्यो, बैठक स्थगित गर्नु पर्ने भयो’ भन्दै ओलीले प्रचण्डलाई फोन गरेका थिए । प्रचण्डले पनि नाइ भन्न नसकेको पार्टी स्रोतले बताएको छ ।
साभार: देश सञ्चार
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस