आशा भोसलेको यो नयाँ गीत युट्युबमा : आहा कति मिठो

प्रख्यात गायिका आशा भोसले युट्युबमा आएकी छन्। गुरु रुवीशंकरको जन्मदिनको अवसरमा नयाँ गीत अपलोड गर्दै उनले युट्युब च्यानल सुरु गरेकी हुन्।
रवीशंकरको ६४ औं जन्मदिनमा आशाले ‘मै हुँ…’ बोलको गीत ल्याएकी छन्। अहिलेसम्म उनको आफ्नै युट्युब च्यानल थिएन।
उक्त गीत गुरु रवीशंकरलाई समर्पण गरेको आशाले बताएकी छन्। भिडियोमा रवीशंकरलाई पनि देखाइएको छ। रवीशंकरको जन्मदिन मे १३ मा पर्छ।
आशाले ट्विटरमा गीत सेयर गर्दै लेखेकी छन्, ‘मेरो नयाँ युट्युब च्यानलबाट यो गीत प्रिमियर गरिरहेकी छु। मैले गाएको यो गीत श्रीश्री रवीशंकरजीको जन्मदिनको गीत हो। म मेरा व्यक्तिगत कथा, रेकर्डिङ अनुभव र धेरै कुराहरु मेरो च्यानलमा केही समयपछि सेयर गर्दै जानेछु।’
भिड्यो हेर्न यहाँ पनि क्लिक गर्न सक्नुहुन्छ ।
copied from Nepal Samaya
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस