एन्टीबडी परीक्षणको अर्थ छैन ?

१ जेष्ठ २०७७, बिहीबार ०२:४७

तपाईं नोबेलकोरोना भाइरसका कारण उत्पन्न प्राणघातक कोभिड–१९ रोगको सम्पर्कमा आएको छु वा छैन भनेर बुझ्नका लागि रगत परीक्षण गर्ने तयारीमा हुनुहुन्छ ।

तपाईंको अपेक्षा यो भाइरसले कतै संक्रमित गरेको थियो भने पनि तपाईंको रगत त्यसविरुद्धका एन्टीबडिले भरिएको छ, जुन पहिले नै तपाईंलाई संक्रमित गरिसकेको रोगले फेरि आक्रमण गरिहाल्यो भने प्रतिरक्षाका लागि बोलाइने शरीरको रक्षक सैनिक जस्तै हो ।

तपाईंको शरीरमा एन्डिबडीहरु पहिचान हुन्छ भनेर अपेक्षा राख्ने साहस गर्नुको अर्थ भविष्यमा तपाईं भाइरस प्रतिरोधी हुनुहुन्छ, फेरि तपाईंलाई यो लाग्ने छैन वा यो तपाईंबाट अरुमा सर्ने पनि छैन ।

वास्तवमै यो पवित्र महत्वाकांक्षा हो, यसले तपाईंलाई स्वतन्त्र रुपमा आफ्ना बाबुआमा, साथीभाइ र प्रियजन भेट्ने, कार्यालयमा फेरि फर्कने अर्थात् सामान्य जीवनमै फर्कने टिकट प्रदान गरेजस्तै हुनेछ  ।

तर पख्नोस्, त्यति चाँडो उत्साहित भइनहाल्नुहोस् । एन्टिबडीले तपाईंलाई त्यो उन्मुक्ति त्यति चाडैं प्राप्त हुनेवाला छैन ।

आजको यर्थाथमा कोभिड–१९ प्रति शरीरमा एन्डिबडीहरु फेला पर्नेबित्तिकै त्यो उन्मुक्ति पाइहालिन्छ भन्ने हैन । यर्थाथमा यो खासै अर्थपूर्ण नहुनपनि सक्छ, कम्तिमा अहिलेका लागि । अहिलेसम्म यहाँ धेरै कुराहरु थाहा भइसकेको छैन – उपलब्ध एन्टीबडी परीक्षणको विश्वसनीयता  र स्वयं भाइरसको प्रकृतिका बारेमा पनि ।

‘यो स्पष्ट छ कि अझै हामी त्यहाँ छैनौं, जहाँ हुनु आवश्यक थियो । यो कठोर सत्य हो, तर यसबारे बताउनु आवश्यक छ,’ सिएनएनका प्रमुख मेडिकल संवाददाता डाक्टर सञ्जय गुप्ताले आफ्नो पोडकास्ट ‘कोरोना– फ्याक्ट भर्सेस फिक्सन’ को ५ मेको शृङ्खलामा भनेका छन्, ‘त्यसैले म मानिसहरुलाई आफू भाइरससंक्रमति भए सरह नै ठान्न सल्लाह दिन्छु ।’

एन्टीबडी परीक्षण के हो ?

औँलामा प्वाल पारेर वा नशाबाट निकालेर रगतलाई संकलन गरेपछि मात्रै एन्टीबडी परीक्षण गर्न सकिन्छ । इम्युनोग्लोबुलिन्स भनिने अंग्रेजी अक्षरको वाइ आकारको प्रोटिन, जो संक्रमणसँग लड्नका लागि शरीरलाई सहयोग गर्न हाम्रो रगतमा सञ्चार हुन्छ । त्यस एन्टीबडिजको पहिचानका लागि यस्तो परीक्षण गरिने हो ।

सेतो रक्तकोषले उत्पादन गर्ने, एन्टीबडीका दुई ‘आम्र्स’ ले विगतमा भेटेका ब्याक्टेरिया र भाइरस पहिचान गर्ने र ती किटाणलाई फेरि शरीरमा नियन्त्रण जमाउन निषेध गर्ने गर्छन् ।

तपाईमा कहिल्यै कोभिड–१९ को लक्षण देखिएको छैन भने पनि तपाईको रगतमा देखिने एन्टीबडिजले तपाईंको शरीरले यस भाइरसको सामना गरेको देखाउन सक्छ । स्पष्ट हुनुपर्दा, एन्टीबडि परीक्षण ‘स्वाब’ परीक्षण होइन, जसले तपाईको शरीरमा अहिले भाइरस छ वा छैन भनेर देखाओस् । पिसिआर परीक्षण वा मोलेकुलर डाइग्नोस्टिक परीक्षणका रुपमा चिनिने यस्तो विधिले नाक वा घाँटीको तल्लो भागबाट ‘स्वाब’ संकलन गरेपछि केही दिनभित्र नतिजा देखाउँछ ।  

अमेरिकामा अहिले यस्ता दर्जनौँ परीक्षणहरुको प्रयोग र विकास भइरहेको छ,  तर केही मात्रै अति विश्वसनीय छन् ।

यसको अर्थ उनीहरु सक्रिय भाइरसको पहिचान गर्न असफल हुनसक्छन् र गलत रुपमा भाइरसबाट सुरक्षित रहेको अर्थ लगाउनेछन् । 

पछिल्लो र अझै प्रकाशन हुन बाँकी रहेका अध्ययनअनुसार क्लिभल्यान्ड क्लिनिकमा डाइग्नोस्टिक परीक्षणमा १५ प्रतिशत नतिजा फल्स नेगेटिभ आएको पाइयो । चीनमा एक अध्ययनले देखाएअनुसारफल्स नेगेटिभ नतिजा झन्डै ४० प्रतिशत थियो ।

एन्टीबडी परीक्षण अमेरिकी खाद्य तथा औषधी प्रशासनले गत हप्ता आपतकालीन प्रयोगका लागि स्वीकृती दिएको  एन्टिजेन टेस्टजस्तो  पनि होइन । यो डाइग्नोस्टिक परीक्षण पनि नाकको स्वाबबाटै गरिन्छ, यसले आरटी–पिसिआर परीक्षणभन्दा छिटो नतिजा दिन्छ, तर पिसिआर जति संवेदनशील छैन अर्थात् यस परीक्षणमा कोभिड–१९ को संक्रमण नदेखिने सम्भावना अझै बढी छ ।

त्यसबाहेक, एन्टिजेन र आरटी–पिसिआर परीक्षण दुबैको तपाईंको तत्कालीन अवस्थाको झलक मात्रै दिनसक्छ । परीक्षण गरिएको दोस्रा दिन तपाई कोभिड–१९ को सम्पर्कमा आउनुभयो भने तपाई सहजै बिरामी पर्नसक्नुहुन्छ र यसबारे तपाईंलाई थाहा नहुन पनि सक्छ । 

एन्टीबडी परीक्षण कति विश्वसनीय छ ?

पहिले, यसको समय हेरौं । एन्डिबडीहरु एकै रातमा देखापर्दैन । यो निर्माण हुन र रगतमा पर्याप्त मात्रामा फैलनका लागि हप्तौं लाग्नसक्छ । त्यसपछि पनि अति संवेदनशिल परीक्षणले मात्रै यसको पहिचान गर्नसक्छ । त्यसैले तपाईको शरीरले पूर्ण प्रतिक्रिया देखाउनुअघि तपाईंले परीक्षण गर्नुभएको छ भने यसले फल्स नेगेटिभ देखाउनसक्छ । तपाईंमा एन्डिबडीहरुको विकास भएको छ भने पनि ।

यसलाई बुझ्न भ्याक्सिनको पूर्ण अवधारणाबारे बुझ्नु जरुरी हुन्छ । निकै कमजोर भएर बाँचेको वा मरेको तर हामीलाई बिरामी बनाउनसक्ने पर्याप्त क्षमता नभएको भाइरस भ्याक्सिनमार्फत शरीरमा पठाउँदा रोग प्रतिरोधी क्षमता बढ्ने विश्वास गरिन्छ ।

तर सबै फरक हुन्छन् । केही व्यक्तिमा भ्याक्सिनको कुनै प्रतिक्रिया नै देखिंदैंन वा उनीहरुको रोग प्रतिरोधी क्षमता उनीहरुलाई बचाउनका लागि तीव्र र पर्याप्त हुन्न ।

एन्टीबडी परीक्षणलाई गल्तीका कारण पनि यसलाई कम आँकिएको छ । ‘अन्य डाइग्नोस्टिक परीक्षण जस्तै एन्टीबडी परीक्षण पनि जति विश्वसनीय हुनुपर्ने हो, त्यति हुन सकेको छैन,’ गुप्ताले भने ।  आफ्नो प्रकृतिअनुसार यस्तो परीक्षणले सहजै फल्स नेगेटिभ वा पोजेटिभ नतिजा देखाउनसक्छ ।

‘एन्टीबडी टेस्टबाट तपाईले साँच्चै फल्स पोजेटिभ नआओस् भनेर आशा गर्नुपर्ने हुन्छ,’ गुप्ताले भने, ‘नत्र, कसैले आफूसँग एन्डिबडीहरु रहेको अनुभव गरेको हुनसक्छ । यस्तो अनुभवले उनीहरुलाई आफु सुरक्षित छु भन्ने महसूस गराउँछ, अनि उनीहरु समुदाय, अस्पताल र नर्सिङ होममा गएर भाइरस फैलाउँछन् ।’

यो परीक्षण सार्स–कोभ–२ का पुराना संक्रमण र मानिसको शरीरमा देखिएका अन्य ६ वटा कोरोना भाइरसका संक्रमण (जसमध्ये चारवटाले रुघाखोकी निम्त्याएका थिए र सहजै फैलिएको थियो ) लाई पनि फरक देखाउने क्षमता राख्नुपर्ने आवश्यकता छ ।

अनि, त्यहाँ गल्ती कम गर्ने गुरुयोजना हुनुपर्छ ।

परीक्षणको आवश्यकताले सबैका लागि बजार खुला गरिदिएको छ, जहाँ कम्पनीहरु वैज्ञानिक व्यवस्थापनबिना नै परीक्षण सामाग्री बनाइरहेका छन् । ‘अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडीए)ले मूल्याङकन नगरेका र वैधता नदिएका धेरै एन्टीबडी परीक्षणहरु छन् । यो ठूलो समस्या हो,’ गुप्ताले भने ।

एफडीएका अनुसार अहिले चेकजाँच नगरिएका १ सय ३० भन्दा बढी एन्टीबडी परीक्षण तथा दर्जनौँ डाइग्नोस्टिक परीक्षण प्रयोगमा छन् । एफडीएले भर्खरै मात्र आफ्नो नीति कडा बनाउने घोषणा गरेको छ, नयाँ मापदण्डअनुसार जाँच नगरिएका र केही झुठा परीक्षण समेतको विश्वसनीयत चेकजाँच  हुनेछ र उनीहरुले परीक्षणको गुणस्तरबारे प्रमाण पुग्नेगरी जानकारी दिनुपर्नेछ ।

यदी मसँग कोभिड–१९ विरुद्ध एन्डिबडीहरु छ भने के म रोग प्रतिरोधी छु ?

पक्कै पनि, ठूलो प्रश्न यही हो । तपाईंको रगतमा कोभिड–१९ एन्डिबडीहरु देखिन्छ भने भविष्यमा भाइरसको सम्पर्कमा आएमा तपाईं प्रतिरोधी हुनुहुन्छ ?

वैज्ञानिकहरुलाई यस्तो हुन्छ भन्ने आशामा छन्, ऐतिहासिक रुपमा चिकेनपक्स र पोलियोजस्ता भाइरसमा यो सत्य साबित भएको छ ।

तर सार्स–कोभ–२ मा यस्तै हुन्छ भन्ने कुनै आधार र प्रमाण छैन । ‘ती एन्टिबडीहरुले सुरक्षा दिनेछन् भन्ने स्पष्ट छैन,’ अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले आफ्नो वेवसाइटमा लेखेको छ, ‘यसको अर्थ अहिलेको समय हामीलाई थाहा छैन कि एन्टीबडिजले तपाईंलाई भाइरस प्रतिरोधी बनाउनसक्छ ।’

विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) केही सिधा र स्पष्ट छ । अप्रिलको अन्त्यमा डब्ल्युएचओले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ बाट निको भएका र एन्टीबडीहरु भएका व्यक्तिहरु दोस्रो संक्रमणबाट सुरक्षित छन् भन्ने कुनै आधार अहिलेसम्म छैन ।’

कोभिड–१९ बाट निको भएका व्यक्तिको रगतको नमूनामाथि गरिएको अध्ययनले केहीमा भाइरसविरुद्धको लड्ने प्रतिरोधी क्षमता देखाउँछ, ‘केहीसँग भने तिनको रगतमा धेरै कम स्तरमा न्युट्रालाइजिङ एन्डिबडीहरु छन्,’ विश्व स्वास्थ्य संगठनले भनेको छ ।

यो सम्भव छ कि प्रतिरक्षा क्षमता सेलुलर स्तरमा विकसित हुनुका रगतमा परिभ्रमण गरिरहेका एन्डिबडीहरुमा पनि हुनुपर्छ, विश्व स्वास्थ्य संगठनले भनेको छ ।

‘शरीरले टि–कोष पनि बनाउँछ, जसले भाइरससँग संक्रमित रहेका अन्य कोषहरुको पहिचान गर्ने र तिनलाई हटाउने गर्छ । यसलाई सेलुलर इम्युनिटी भनिन्छ,’ संगठनले भनेको छ ।

एन्डिबडीहरुसँगै ‘संयोजित ग्रहण गरिएका प्रतिवादले शरीरबाट भाइरस हटाउन गर्नसक्छ र यो प्रतिवाद पर्याप्त शक्तिशाली भयो भने यसले अन्य धेरै रोग लाग्न र पुरानै भाइरसले फेरि संक्रमित हुनबाट पनि बचाउन सक्छ,’ संगठनले भनेको छ । 

तर याद गर्नुस्, हामी त्यस्तो क्षमता विकसित भएका भाग्यमानी नै भइहाल्यौं भने पनि हामीलाई थाहा छैन त्यस्तो प्रतिरक्षा क्षमता कहिलेसम्म कायम रहिरहन्छ ।

हालसम्म प्रतिरोधको कुनै ‘पासपोर्ट’ छैन

तपाईंको एन्टीबडी परीक्षणको नतिजाबाट के तथ्य निस्कन सक्छ ? सामान्य रुपमा भन्दा, तपाईं नेगेटिभ हुुनु वा पोजेटिभ हुनुले अर्थ राख्नेछैन किनकि परीक्षणमा सुधार नभएसम्म र नोबेल कोरोनाभाइरसबारे हामीले धेरै थाहा नपाइन्जेलसम्मका लागि तपाईं ( र अन्य सबै) अझै जोखिममै छौँ ।

‘महामारीको यो बिन्दुमा एन्टीबडीको माध्यमबाट हुने प्रतिरोधी क्षमताको प्रभावबारे अझै ठोस प्रमाणहरु फेला परिसकेका छैनन् । अर्थात् तपाईंको शरीरमा एन्टीबडी छ भन्दैमा हाललाई त्यसले कोभिड–१९ विरुद्धको ‘प्रतिरोधी पासपोर्ट’ मिल्यो भन्ने वा जोखिमुक्त प्रमाणपत्रको विश्वसनीयता ग्यारेन्टी गरिहाल्दैन,’ विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।

(Copied from CNN and Rato-Pati)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.