शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा


१ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महारजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।

न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले जानकारी दिएका छन् ।

(Copied from Online Khabar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope