६ वर्षीया बालिकामा कोरोना, शिक्षण अस्पतालको न्युरो वार्ड सिल

१ जेष्ठ २०७७, बिहीबार ०३:०१

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) को नाक, कान, घाँटी रोग विभाग (ईएनटी) को न्युरो वार्ड सिल गरिएको छ ।

अस्पतालमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएपछि सिल गरिएको हो । केही दिनअघि कपिलवस्तुकी ६ वर्षीया बालिका अस्पताल भर्ना भएकी थिइन् ।

अस्पतालका कार्यकारी प्रेमकृष्ण खड्गाका अनुसार उनलाई नाक, कान, घाँटी विभागमा जाँचपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो ।

(Copied from 12kharai)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.