आँधीखोला गाउँपालिका द्वारा दोस्रो चरणको राहत वितरण शुरु


जेठ २ गते बिहीवार। आँधीखोला गाउँपालिकाले दोस्रो चरणको राहत वितरण कार्य  सुरु गरेको छ । लकडाउन लम्बिएपछि दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न घर परिवारलाई हातमुख जोड्न समस्या नहोस् भनेर दोस्रो चरणको राहत वितरण शुरु गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो । वडा नं ५ मा हिजो, वडा नं. २ मा आज,  वडा नं १, ३ र ६ मा भोलि २ गते तथा वडा नं ४ मा पर्सि ३ गते राहत वितरण गर्न लागिएको अध्यक्ष पौडेलले बताउनुभयो  । राहत सामाग्रीमा अत्यावश्यक खाद्यान्न चामल, दाल, नुन, खाने तेल, चिनी र साबुन वितरण गरिएको हो ।

गाउँपालिकाले पहिलो चरणमा ६ सय ३५ घर परिवारलाई राहत वितरण गरेको थियो भने, दोस्रो चरणमा ३ सय ३० परिवारलाई राहत वितरण कार्य शुरु गरेको गाउँपालिका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताए । गाउँपालिकाले संघीय सरकारले तयार गरेको मापदण्ड अनुसार परिवार संख्याका आधारमा आधा र पूरा परिमाणमा राहत वितरण गर्न लागेको हो ।

राहत सामाग्री अन्तर्गत दुईजना सम्मको परिवारलाई १५ किलो चामल, १.५ किलो दाल, १ प्याकेट नुन, साबुन दुईवटा, १ किलो चिनी र १ लिटर तेल वितरण तथा तीन र तीनभन्दा माथिका परिवार संख्या भएका लाई ३० किलो चामल, ३ किलो दाल , २ प्याकेट नुन, ४ वटा साबुन, २ किलो चिनी र २ लिटर तेल वितरण गर्न निर्णय कार्यपालिका बैठकले गरेको थियो ।

यसैगरी आँधीखोला गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण र रोकथाम तथा राहत वितरण गर्न एन आई सी एसिया बैंकमा स्थानीय तह प्रकोप व्यवस्थापन कोष (खाता नं २३४२०५००२७७६८००२) को स्थापना गरेको छ। रकम तथा जिन्सी सामग्री सहयोग गर्न चाहनु हुनेलाई आँधीखोला गाउँपालिकामा सम्पर्क राख्न समेत अनुरोध गरिएको उल्लेख छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope