कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी आक्रान्त संयुक्त राज्य अमेरिकामा ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ ।
२४ घण्टाभित्र १ हजार २ सय को मृत्यु भएसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको हो ।
अहिले पनि मृत्यु र संक्रमित दर तीव्र गतिमा फैलिरहेको अमेरिकामा कुल संक्रमितको संख्या १५ लाख ७ हजार पुगेको छ ।
आइतबार मात्रै त्यहाँ २३ हजार ४ सय व्यक्ति नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा अहिलेसम्म ३ लाख ३९ हजार संक्रमित कोरोना जितेर घर फर्किएका छन् ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोनाको संक्रमण विश्वका २ सय १५ देशमा फैलिसकेको छ ।
आइतबार बिहानसम्म ४७ लाख २० हजार व्यक्ति यो भाइरसबाट प्रभावित भएका छन् । जसमध्ये १८ लाख ११ हजार निको हुँदा ३ लाख १३ हजारको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर साढे ९५ हजार संक्रमित थपिँदा ४ हजार ३ सय संक्रमितले ज्यान गुमाएका छन् ।
Copied from : shilapatra.com
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com