खोप बनोस् या नबनोस् अमेरिका लकडाउनमा रहँदैनः ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्धको खोप बने या नबने पनि लकडाउन हटाउने बताएका छन् । यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने बताएका ट्रम्पले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताएका हुन् ।

उनले खोप बनाउने अभियानलाई दोस्रो विश्व युद्धका बेला विश्वको पहिलो परमाणु हतियार बनाउने प्रयास जस्तै ‘अपरेशन र्‍याप स्पीड’ रहेको  व्याख्या गरेका छन् ।

तर खोप नबने पनि अमेरिकीहरु सामान्य जीवनमा फर्किन थाल्नु पर्ने ट्रम्पले बताएका छन् । ट्रम्पले लगातार यहि वर्षभित्र कोभिड–१९ को खोप वा औषधि पत्ता लाग्ने बताउँदै आए पनि विज्ञले भने खोप तयार हुन समय लाग्ने बताएका छन् ।

विश्वभर अहिले एक सय भन्दा बढी सम्भावित खोपमा काम भइरहेको छ । केही खोप तथा औषधिहरु मानवीय परीक्षणको चरणमा पुगेका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा शुक्रबार भएको पत्रकार सम्मेलनमा ट्रम्पले अपरेशन र्‍याप स्पीडबारे बताएका हुन् । यो अभियानमा कोरोना भाइरसविरुद्धको १४ वटा सम्भावित खोपको अनुसन्धान तथा त्यसका लागि अनुमति दिइने उनले बताए ।

मोन्सेफ स्लाउइ

उनले अपरेशन र्‍याप स्पीडबारे भनेका छन्, ‘यसको अर्थ बिस्तारित र तीव्र गतिको अभियान हो । म्यानहन प्रोजेक्टपछिको यो सबैभन्दा ठूलो अभियान हो । यसमा ठूलो संख्यामा वैज्ञानिक तथा उद्योगहरु लागिपर्ने छन् ।’

सरकार तथा निजी क्षेत्रबिच खोपको खोजी तथा वितरणको व्यवस्थाका सम्बन्धमा सहकार्यको वातावरण बनाउनका लागि ट्रम्पले यो अभियानको नेतृत्व आर्मी जनलर तथा स्वास्थ्य सेवाका पूर्व कार्यकारीलाई दिएका छन् ।

औषधि उत्पादक कम्पनी ग्लासो स्मिथ केलाइनको खोप विभागका पूर्व प्रमुख मोन्सेफ स्लाउइलाई अभियानको नेतृत्व सुम्पिएका छन् ट्रम्पले । यस्तै आर्मी जनरल गुस्तावे पेर्नालाई चिफ अपरेशन अफिसरको जिम्मा दिइएको छ । उनले अमेरिकी आर्मीमा वितरणको व्यवस्था मिलाउँदै आएका छन्।

ट्रम्पपछि बोलेका स्लाउइले यो वर्षको अन्त्यसम्ममा खोपका केही करोड डोज उत्पादन हुनेमा विश्वस्त रहेको बताए ।

न्यूर्योक टाइम्ससँगको अन्तर्वार्तामा उनले खोपको समयसीमा महत्वकांक्षी रहेको बताएका थिए । तर पनि सम्भावना भने रहेकाले आफूले जिम्मेवारी सम्हालेको उनले बताएका थिए ।

विज्ञहरुले खोप पत्ता लागेपछि मात्रै अमेरिकालाई पूर्ण रुपमा लकडाउन मुक्त बनाउन सकिने बताएका छन् । तर ट्रम्पले शुक्रबार भने, ‘म मानिसहरुले लकडाउन खुल्नका लागि खोप नै चाहिन्छ भन्ने सोचुन् भन्ने चाहन्नँ, खोप बने पनि वा नबने पनि हामीले लकडाउन खुलाउने प्रक्रिया थालिसकेका छौँ ।’

उनले भनेका छन्, ‘धेरै अवस्थामा खोप हुँदैन, भाइरस वा फ्लू आउँछ र मानिसहरुले त्यससँग लड्छन् । केही अवस्थामा हामीले खोप कहिल्यै बनाउन सक्दैनौँ, र पनि भाइरस जान्छ ।’

ट्रम्पले विद्यालय पनि खुला गर्ने बताएका छन् ।

यो हप्ताको सुरुमा कोरोना भाइरस टास्कफोर्सका उच्च अधिकारी डा. एन्थोनी फाउचीले खोप बिना महामारी नियन्त्रणमा आउने सम्भावना नरहेको बताएका थिए । अहिले नै लकडाउन खुलाए समस्या थप विकराल हुने र आउँदो हिउँदामा महामारीले भयावह रुप लिन सक्ने उनले बताएका थिए ।

पत्रकार सम्मेलनको क्रममा राष्ट्रपति कार्यालय बाहिर केही हप्तादेखि पार्क गरिएका लरीका ड्राइभरले हर्न बनाएका थिए । उनीहरुले पारिश्रमिक बढाउनु पर्ने माग गरेका छन् । तर ट्रम्पले ड्राइभरहरु आफ्नो पक्षमा रहेको दाबी गरे ।

मास्क नलगाइ उपस्थित भएका ट्रम्पले मास्क लगाएकी एक पत्रकारलाई उनको मास्क पनि फुकाल्न भनेका थिए । लरीको हर्नका बिच आवाज नसुनिएको भन्दै राम्रोसँग सुनिने गरी प्रश्न गर्नका लागि ट्रम्पले मास्क फुकाल्न पत्रकारलाई सुझाएका हुन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट हालसम्म ८७ हजार पाँच सय भन्दा बढीको ज्यान गएको छ । यस्तै कुल संक्रमितको संख्या अमेरिकामा १४ लाख ४२ हजार भन्दा धेरै पुगेको जोन्स हप्किन्स विश्वविद्यायलको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।

(Copied from Desh Sanchar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope