दासढुंगा प्रकरणको छानविन होस्


काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ज्यान गएको दासढुङ्गा दुर्घटनाबारे छानबीन गर्ने जनाएको छ। 

२७ औं मदन-आश्रित स्मृति दिवसका अवसरमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वक्तव्य जारी गर्दै आम नेपाली जनता उक्त घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार नभएको र घटनाको रहस्य अझै उद्घाटित हुन नसकेको उल्लेख गरेका छन्‍। 

वक्तव्यमा लेखिएको छ, ‘दुई लोकप्रिय नेताहरुको रहस्यमय दासढुङ्गा जीप दुर्घटनामा दु:खद निधन भएको आज २७ वर्ष बितेको छ, उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन, तर आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन्‌, उनीहरूमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन विरुद्धको षडयन्त्रपूर्ण हत्याका रूपमा लिन्छन्‌, २७ औं मदन-आश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिवद्धता पुन: व्यक्त गर्दछ।’

भण्डारी र आश्रितको ०५० जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो। नेकपा अध्यक्षद्वयद्वारा जारी वक्तव्य :

(Copied from Thaha Khabar)



Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope