अलपत्र नेपाली स्वदेश फर्काउन भीम रावलका ६ टिप्स  थप सामग्री


सांसद भीम रावलले विदेशमा समस्यामा रहेका नेपालीहरुलाई उद्धार गर्न सरकारलाई ६ वटा  उपाय सुझाएका छन् । 

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले सरकारलाई बुँदागत रुपमा सुझाव दिएका छन् । 

यस्ता छन् उनका सुझाव 

विदेशमा रहेका स्वदेश फर्कन चाहने नेपालीहरुको सम्बन्धमा सरकारको स्पस्ट नीति हुनुपर्ने ।

विदेशमा रहेका नेपालीहरुलाई वर्गीकरण गरी नेपाल ल्याउने र स्वास्थ्य उपचार तथा क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने ।

आफ्नै खर्चमा आउन सक्ने र बेखर्ची भई अलपत्र परेका नेपालीहरुको विवरण तयार गरी उद्धार गर्ने ।

भारतसँगको सीमामा आइसकेकाहरुको लागि विशेष स्वास्थ्य सेवाको व्यवस्था गर्ने र क्वारेन्टाइनको व्यवस्था गरी तत्काल देशभित्र ल्याउने ।

परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयको समन्वयमा नेपालीहरु रहेका देशका सरकारसँग वार्ता गरी नेपालको ठोस प्रस्ताव पठाउने ।

नेपाल नल्याउँदासम्मका लागि सम्बन्धित देशले खाने बस्ने र स्वास्थ्य उपचार गर्ने व्यवस्था मिलाउने ।

प्रवासमा रहेका नेपालीहरुको नियमित जानकारी लिन छुट्टै निकाय निर्माण गर्नुपर्ने ।
(Copied from Shilapatra)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope