पशुपतिको किरियापुत्री भवन र विद्युतीय शवदाह बन्द


जेठ ५, २०७७ काठमाडौं : पशुपति क्षेत्र विकास कोषले आइतबारदेखि किरियापुत्री भवन अनिश्चित कालको लागि बन्द गरेको छ। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि कोषले यस्तो निर्णय गरेको पशुपति विकास कोषले जनाएको छ।

कोरोना महामारीको संक्रमण बढदै गएकोले अनिश्चित कालको लागि बन्द गर्न लागेको पशुपति क्षेत्र विकास कोषका निर्देशक घनश्याम खतिवडाले बताए। संक्रमित व्यक्ति पनि यहाँ आएर बसेको आशंकामा बन्द गर्ने निर्णय गरिएको हो। ‘अहिले जो जो बसेका छन उनीहरु बस्छन, ‘उनले भने,’ नयाँलाई बस्न नदिने निर्णय भएको छ। विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेअनुरुप कोषलाई प्राप्त निर्देशनअनुरुप किरियापुत्री भवनलाई विशेष सरसफाई तथा स्यानीटाइज गर्नुपर्ने भएकाले बन्द गरिएको उनले जानकारी दिए।

विकाषकोषको तीनवटा भवन गरेर ४२ वटा कोठा रहेको छ। दैनिकजसो १५ देखि २० वटा शव पशुपति आर्यघाटमा जलाइरहेको खतिवडाले जानकारी दिए। लकडाउनमा संख्या घटे पनि शव जलाउने कार्य बन्द नरहेको उनले बताए। विद्युतीय शवदाह गृह पनि बन्द यस्तै, विद्युतीय शवदाह गृह पनि अनिश्चित कालका लागि बन्द भएको छ। 

कोरोना संक्रमितको शव जलाएपछि आइतबार सफा गर्ने क्रममा मेसिन बिग्रिएपछि बन्द गर्नुपरेको खतिवडाले बताए। कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको शव शनिबार राति यही विद्युतीय शवदाहमा जलाइएको थियो।

(copied from Thaha Khabar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope