राजदूत आफ्नै निवासमा मृत फेला


तेल अभिभ — इजरायलका लागि चिनियाँ राजदूत डु वेई तेल अभिभनजिकैको आफ्नै निवासमा मृत फेला परेको इजरायली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

५८ वर्षीय डु आफ्नै खाटमा मृत भेटिएको बताइए पनि उनको मृत्युको कारणबारे खुलाइएको छैन । उनी गत फेब्रुअरीमात्र इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए । इजरायल जानुअघि उनी युक्रेनका लागि चिनियाँ राजदूत थिए ।

इजरायली सञ्‍चारमाध्यमहरुका अनुसार राजदूत वेईको शरीरमा कुनै चोटपटक लागेको छैन । इजरायली स्वास्थ्य अधिकारीहरुले राजदूत वेईको मृत्यु हृदयघातबाट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् । इजरायली प्रहरीले घटनाको अनुसन्धान थालिसकेको बताएको छ ।

शुक्रबार तेल अभिभस्थित चिनियाँ दूतावासले अमेरिकी विदेश मन्त्री माइक पोम्पियोको आरोपको खण्डन गरेको थियो । गत हप्ता इजरायल भ्रमण गर्दा चीनले कोरोना भाइरसको संक्रमणबारे सूचना लुकाएको आरोप अमेरिकी विदेशमन्त्री पोम्पियोले लगाएका थिए । चिनियाँ दूतावासले निकालेको वक्तव्यमा वैज्ञानिहरुले अहिलेसम्म कोरोना भाइरसको उत्पत्ति कहाँ र कसरी भयो भन्ने कुरा पत्ता नलगाएको उल्लेख गर्दै अहिले कोरोना भाइरसको इपिसेन्टर अमेरिका भएको बताएको थियो ।

वेई इजरायलका लागि राजदूतमा नियुक्त भएसँगै फेब्रुअरीको दोस्रो सातामा तेल अभिभ आएका थिए । उनी इजरायलमा १४ दिन क्वारेन्टाइन बसेको इजरायली सञ्चारमाध्यम हअरेजले जनाएको छ । मार्चको अन्तिमतिर उनले ओहदाको प्रमाणपत्र इजरायली राट्रपतिसमक्ष बुझाएका थिए । कोरोना महामारीका कारण उनले राष्ट्रपतिसँग प्रत्यक्ष भेटघाट भने गरेनन् ।

राजदूत वेईले आफ्नो कार्यकालमा इजरायल–चीनबीचको सम्बन्धलाई थप सदृढ गर्ने बताएका थिए ।

वेईको श्रीमती र एक छोरा छन् ।

(Copied from Kantipur)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope