नेपालमा कोरोना संक्रमितकाे संख्या झन्डै ४००

५ जेष्ठ २०७७, सोमबार २१:४९

काठमाडौं–  थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

सोमबार साँझ संक्रमण पुष्टि भएका याेसहित संक्रमितकाे संख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

बाँकेका १२, धनुषाका २, खोटाङ, सुनसरी, झापा र दैलेखका १/१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे हाे।

दैलेखमा भेटिएका संक्रमितसँगै कर्णाली प्रदेशमा संक्रमणको पहिलो ‘केस’ देखिएको छ। यसैगरी सुनसरी र खाेटाङमा पनि पहिलाेपटक संक्रमण देखिएकाे छ।

(Copied from Nepal Samaya)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.