प्रधानमन्त्री ओलीले आज संसदमा जवाफ दिने

जेठ ६, २०७७ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको संसदमा जवाफ दिने भएका छन्।
आज मध्यान्ह १२ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको संघीय संसदका महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
आजकै बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि राष्ट्रपतिबाट प्रस्त्तुत नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नेछन्।
Copied from Thaha Khabar
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस