भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, विश्वभर ३ लाख २० हजारको मृत्यु थप सामग्री


भारतमा विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ४ हजार ६ सय थपिएसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख नाघेको हो । 

मंगलबार बिहानसम्म भारतमा १ लाख ३२८ जना यो भाइरसबाट प्रभावित भएका छन् । जसमध्ये ३९ हजार ३ सय व्यक्ति निको हुँदा ३ हजार १५६ संक्रमितको मृत्यु भएको छ । 

२१५ देशमा फैलिसकेको कोरोनाबाट अहिलेसम्म विश्वभर ४९ लाख ९० हजार व्यक्ति संक्रमित भएका छन् । जसमध्ये १९ लाख ७ हजार व्यक्ति उपचारपछि निको हुँदा ३ लाख २० हजार व्यक्तिको ज्यान गएको छ । 

अहिले पनि तीव्र गतिमा कोरोना फैलिरहेको संयुक्तराज्य अमेरिकामा संक्रमितको संख्या १५ लाख ५० हजार नाघेको छ । त्यसमध्ये झण्डै ९२ हजार संक्रमितको मृत्यु हुँदा ३ लाख ५६ हजार निको भएका छन् । अमेरिकामा गत २४ घण्टामा २२ हजार ६ नयाँ संक्रमित थपिँदा १ हजार व्यक्तिले ज्यान गुमाएका छन् । 

त्यस्तै, संक्रमणको तर तीव्र गतिमा फैलिरहेको ब्राजिलमा २४ घण्टामा १४ हजार २ सय नयाँ संक्रमित थपिँदा ७ सय ३५ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या २ लाख ५५ हजार नाघेको छ । जसमध्ये १६ हजार ८ सयको मृत्यु हुँदा १ लाख ४ सय संक्रमितले कोरोना जितेका छन् । 

नेपालमा गएको २४ घण्टामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै यहाँ संक्रमितको कुल संख्या ३ सय ७५ पुगेको छ । जसमध्ये ३७ जना निको भएर घर फर्किएका छन् भने २ जनाले ज्यान गुमाएका छन् ।
Copied from Shilapatra


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope