सर्वोच्च अदालतको १९ सदस्यीय बृहत् पूर्ण इजलासले कानुनी बाधा फुकाउने


कानुनी बाधा अड्काउ फुकाउनका लागि सर्वोच्च अदालतले सोमबार सर्वोच्चका सबै १९ न्यायाधीश रहेको बृहत पूर्ण इजलास ताकेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गएको चैत ११ गतेदेखि लकडाउन लागु छ । त्यो भन्दा अघि नै सर्वोच्च अदालतले सावधानी स्वरुप देशभरका अदालतमा सेवा सीमित गर्ने निर्णय गरेको थियो ।

सो निर्णय गर्दा सर्वोच्चले हदम्याद, म्याद, तारेख, पुनरावेदनसहितका कामहरु अदालत पूर्ण क्षमतामा सञ्चालनमा आएको १० दिन भित्र गर्ने बताएको थियो ।

तर लकडाउन लगातार बढेको र अहिले खुल्छ भन्ने पनि थाहा नभएको अवस्थामा न्याय सेवामा खाली उत्पन्न भएको छ । यस्तो अवस्थामा प्रभावित भएका न्याय सेवाहरु कसरी व्यवस्थित गर्ने भन्नेबारे कानूनी व्यवस्था नरहेकाले संवैधानिक बाधा फुकाउनका लागि सर्वोच्चको पूर्ण बृहत इजलास तोकिएको हो ।

सामान्य अवस्थामा यस्तो संवैधानिक अड्चन फुकाउनका लागि संसदबाटै विधेयक ल्याउनु पर्ने हुन्छ । संसद नचलेको अवस्थामा अध्यादेश मार्फत कानून बनाउनु पर्ने हुन्छ ।

अहिले संसद चलेको भए पनि विधेयक ल्याउन सक्ने अवस्था छैन । सोही कारण अदालतले विशेष पूर्ण क्षमताको विशेष इजलास मार्फत बाधा अड्काउ फुकाउन लागेको हो ।

यस सम्बन्धमा सर्वोच्च अदालतले नेपाल बार एसोसिएशन र सर्वोच्च बार एसोसिएशनसँग एमिकस क्यूरी मागेको थियो । दुवै बारका तीन–तीन एमिकस क्यूरीले आफ्नो राय सर्वोच्चमा बुझाएका छन् ।

यस्तै सर्वोच्च अदालतले महान्यायाधीवक्तासँग पनि राय मागेको थियो । एमिकस क्यूरी र महान्यायाधीवक्ताको रायसहित सर्वोच्चको बृहत पूर्ण इजलासले निर्णय गर्ने छ ।

(Copied from Desh Sanchar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope