काठमाडौँ – बंगालको खाडीमा बनेको अम्पुन आँधीको प्रत्यक्ष प्रभाव नेपाल नपर्ने मौसमविदले बताएका छन्।
अम्पुन आँधी अहिले पनि समुद्रमै छ, तर उत्तर पूर्व तर्फ तीव्र गतिमा बढी रहेको अम्पुन बुधबार अपराहन्न वा बेलुकासम्म जमिनमा ठोक्किने मौसमविदले शान्ति कँडेलले जानकारी दिएकी छन् ।

मौसमविद कँडेलले भनिन्, ‘अम्पुन जति जति उत्तर पूर्व तर्फ बढ्दै जान्छ त्यति नेपालमा पनि प्रभाव देखिन्छ । तर यो आँधीको प्रत्यक्ष प्रभाव पर्ने होइन अर्थात अम्पुन आँधी नेपालसम्म आइपुग्दैन । भारतको पश्चिम बंगाल र सीमावर्ती बंगलादेशको तटीय क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव रहन्छ ।’
उनले अघि भनिन्, ‘नेपालमा अम्पुन आँधीको अप्रत्यक्ष प्रभाव रहन्छ । अर्थात अम्पुनको पर–परको बादल नेपालमा आइपुग्छ । अहिले पूर्व र काठमाडौँसहितका क्षेत्रमा बदली भएको पनि अम्पुनकै कारण हो ।’
अम्पुनको प्रभाव नेपालको पूर्वी क्षेत्रमा बढी पर्ने देखिएको छ । यसका कारण सामन्यदेखि पूर्ण बदली हुने र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विशेष गरी बुधबार राति अम्पुनको प्रभावका कारण प्रदेश १ र २ तथा बागमती प्रदेशका काठमाडौँसहितका क्षेत्रमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले कँडेलले जानकारी दिइन् ।
अम्पुनका कारण नेपालमा भीषण वर्षाको सम्भावना नरहे पनि चट्याङ्ग तथा हावाहुरीबाट जोगिनका लागि सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
अम्पुनको प्रभाव गण्डकी प्रदेशमा केही परे पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने नपर्ने मौसमविदले बताएका छन्।
(Copied from Desh Sanchar)
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com