सरकारको नीति तथा कार्यक्रम पारित

६ जेष्ठ २०७७, मंगलवार ०८:२२

काठमाडौं । सरकारको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । 

नीति तथा कार्यक्रममाथि परेका संशोधनहरु बहुमतले अस्विकृत भएको थियो । सभामुख अग्नि सापकोटाले संशोधन प्रस्ताव फिर्ता लिन अस्विकार गरेपछि सबै संशोधन प्रस्ताव निर्णयार्थ पेस गरेका थिए । 

नेमकिपाका सांसद प्रेम सुवाल, संघीय समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्ण र सांसद सरिता गिरीको संशोधन प्रस्ताव अस्विकृत भएको हो ।

(Copied from 12khari)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.