कोरोना पोजिटिभ देखिएको व्यक्तिबाट अरूमा नसर्ने

काठमाडौं– एकपटक कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएर मुक्त भइसकेको व्यक्तिमा पुनः पोजेटिभ देखिए पनि अरूलाई सार्न नसक्ने अनुसन्धानले देखाएको छ।
संक्रमण नियन्त्रण तथा उपचार केन्द्र दक्षिण कोरियाका अनुसन्धानकर्ताहरूले २८५ जना पुनः संक्रमित व्यक्तिमा गरेको अध्ययन पश्चात उक्त तथ्य सार्वजनिक गरेका हुन्।
रिपोर्टमा भनिएको छ, ‘एकपटक संक्रमणमुक्त भएर पुनः संक्रमण देखिएको व्यक्तिमा सर्ने प्रकृतिको भाइरस हुँदैन, त्यसमा मृत कोष मात्रै हुन्छ, जुन संख्यात्मक रूपमा बढ्न सक्दैन।’
संक्रमण देखिएर मुक्त भइसकेको व्यक्तिमा एन्टीबडी हुने भएकोले पुनः संक्रमण हुने सम्भावना हुँदैन। रिपोर्टअनुसार कोभिड–१९ जाँच गरिने पीसीआर मेसिनले भाइरसको मृत कोष छुट्याउन नसक्ने हुनाले पुनः संक्रमण देखिने गरेको हो।
(Copied from Nepal Samaya)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस