तास खेल्ने र रक्सी खाने साथीलाई सिडियोले पास बाँडे

जेठ ७, २०७७ काठमाडौं : राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले यो कोरोना फैलिनुमा प्रमुख जिल्ला अधिकारीहरु पनि दोषी रहेको बताएका छन्।
राष्ट्रियसभाको बैठकमा बोल्दै उनले प्रजिअहरूले आफ्ना तास खेल्ने, रक्सी खाने सबै साथीहरूलाई सवारी पास बाँडेको आरोप पनि लगाए।
‘तास खेल्दाको साथी, रक्सी खाँदाको साथी जम्मैलाई पास बाड्देको छ सिडियोले। अनि त ठिँ ठिँ गर्दै दुई चार हजार भएका टोलका गुण्डाहरू गाडीका पास लिएर हिँड्ने जनतालाई यस्तो आक्रान्त पार्ने?’ उनले भने, ‘अहिले पनि गृह मन्त्रालयको ध्यान जाओस्। पासलाई बडो संवेदनशील ढंगबाट यो कार्य गरोस्। अहिले यो सरकारले मात्र गर्न सक्ने काम हो।’
सरकारले केही मालबाहक सवारीहरू आफ्नो नियन्त्रणमा लिएर सुरक्षा दिई गाउँगाउँमा उत्पादन भएको सामग्री शहर ल्याउने बन्दोबस्ती गर्नुपर्ने पनि उनले बताए। ‘सरकारले कम्तीमा हजार भन्दा बढी मालबाहक सवारी साधनहरु आफ्नो नियन्त्रणमा लिएर सुरक्षाका साथ गाउँमा पठाएर गाउँमा उत्पादन भएको सामान शहर ल्याउन पर्छ ।
शहरबाट मल बीउ गाउँ पुर्याउन पर्ने जसले भारतीय सामान नेपालमा आउन रोकिन्छ। हामी आत्मनिर्भर बन्न सक्छौँ। आयात घट्छ। सरकारलाई पटक पटक भन्दा सुनेको छैन’ उनले भने। सरकारमा रहनेहरुले जनताको सामान किन्न नहुने होर? भन्दै उनले प्रश्न पनि गरे।
(Copied from Thaha Khabar)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस