महामारी नियन्त्रण नहुन पनि सक्छ: डब्लुएचओ


कोरोना भाइरसको महामारीको गति सुस्त हुने संकेत नदेखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।

डब्लुएचओका अनुसार विश्वमा बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ । २४ घण्टामा विश्वका एक लाख ६ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलिएको हो ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी अन्त्य हुन धेरै समय लाग्ने चेतावनी दिएका छन् ।

डा. टेडरोजले पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशहरुमा संक्रमण बढ्दै गएकोमा विशेष चासो व्यक्त गरेका छन् ।

विश्वभर संक्रमितको संख्या ५० लाख पुग्नै लागेका बेला डब्लुएचओ प्रमुखको चेतावनी आएको हो । दुई हप्तामै झण्डै १० लाख संक्रमित थपिका हुन् ।

विज्ञहरुले विश्वमा संक्रमितको वास्तविक संख्या अहिले बाहिर आएको भन्दा धेरै हुन सक्ने बताएका छन् । धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमण पुष्टि हुन नसकेको अवस्था रहेको स्वास्थ्य विज्ञको भनाई छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वभर तीन लाख २७ हजार भन्दा बढीको मृत्यु भएको छ।

बुधबारको पत्रकार सम्मेलनमा डा. टेडरोजले भने, ‘पछिल्लो २४ घण्टामा डब्लुएचओलाई रिपोर्ट भएका केसको संख्या एक लाख ६ हजार भएको, यो एकै दिन थपिएका संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो ।’

उनले भने, ‘झण्डै दुई तिहाई केसहरु मात्रै चार देशका हुन् ।’ उनले महामारी नियन्त्रणमा आउनका लागि निकै समय लाग्ने चेतावनी दिए । अमेरिकासहितका देशले लकडाउन खुकुलो बनाउन लागेका बेला डा. टेडरोजको चेतावनी आएको हो ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोस

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म १५ लाख ५० हजार भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यस्तै त्यहाँ ९३ हजार चार सय भन्दा बढीको ज्यान गएको छ ।

रुसमा संक्रमितको संख्या तीन लाख ८ हजार तथा ब्राजिलमा दुई लाख ९१ हजार भन्दा बढी पुगेको छ । बेलायतमा ३५ हजार ७८६, इटालीमा ३२ हजार ३३०, फ्रान्समा २८ हजार १३५ तथा स्पेनमा २७ हजार ८८८ जनाको ज्यान गएको छ ।

यस्तै डब्लुएचओको आपतकालीन निर्देशक डा. माइक रायनले कोरोना भाइरस विरुद्धको उपचारमा मलेरियाको औषधि क्लोरोक्वीन र हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगलाई लिएर पनि चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोना भाइरसबाट जोगिनका लागि हाइड्रोक्सिक्लोरोक्वीन लिएको भन्दै त्यसको प्रयोगमा प्रोत्साहन प्रदान गरेका थिए । तर डा. रायनले भने औषधिको प्रभावकारिता प्रमाणित नभएकाले प्रयोग नगर्न भनेका छन् ।

(Copied from Desh Sanchar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope