इटलीमा लकडाउन खुलाएपछि


एजेन्सी । यसै हप्ता लकडाउन लागु गरिएको दुई महिनापछि इटलीका पसल, रेस्टुरेन्ट र अन्य सार्वजनिक स्थलहरु खुला गरिएका छन् भने पुनः पहिलेको अवस्थामा फर्किन सक्ने आशा गर्दै इटलीले अन्य राष्ट्रका लागि आफ्नो सिमाना समेत खुलाएको छ । 

यसरी संकटबाट गुज्रिसकेपछिको यो दोस्रो चरणका लागि इटलीले केकस्तो तयारी गरिरहेको छ भन्ने अहिले धेरैका लागि चासोको विषय बनेको छ । यसै सम्बन्धी संचार एजेन्सी टाइमकी वरिष्ठ भिडियो प्रडुसर प्रकाशित फ्रान्सेस्का ट्रियानीले आफ्नो वास्तविक अनुभव विस्तृत रुपमा बताएकी छन् :

यही मे महिनामा म एक नजिकी साथीको विवाहका लागि इटली जाने तय भएको थियो जहाँ म हुर्किएको थिएँ । तर इटली, युरोपभरमा पहिलो लकडाउन जारी गर्ने देश भएपछि सो यात्रा सम्भव हुने देखिएन । यसकारण दुई महिनामा खुलेको लकडाउन पश्चात् मैले त्यहाँको अवस्था बुझ्नका लागि मेरा साथी र आफन्तहरुसँग कुरा गरेँ । 

मेरो एकजना आफन्तले इटलीको उत्तरी शहरमा आइसक्रिम र केक पसल चलाउँछिन् । र त्यस किसिमको व्यवसायमा धेरै मान्छेसँग सम्पर्कमा आउनुपर्ने भएकाले पनि मैले पहिले उनीसँग सम्पर्क गरेँ । त्यसअघि सरकारले सबै पसल र व्यवसायहरु बन्द गर्ने निर्देशन दिँदा उनले २०० वटा आइसक्रिम केक र २५० किलोग्राम आइसक्रिम स्थानीय अस्पताललाई सहायताका रुपमा बाँडेकी थिइन् । यसरी अहिले लकडाउन खुलेपछि भने उनी कसरी सामाजिक दुरी कायम गर्दै व्यवसाय चलाउने भन्नेबारे अन्योलमा छिन् । 

पहिले त उनले आफ्नो पसल डेलिभरीका लागि मात्र खुलाउने निर्णय गरिन् । तर बल्लबल्ल खुलेका पसलहरुमा  कामदारलाई माग धान्न धेरै कठिन भइरहेको उनी बताउँछिन् । उनी भन्छिन्, “यस गर्मीयाममा मान्छेहरु पहिलोपटक बाहिर निस्कन पाइरहेकाले पनि सबै आइसक्रिम खान आइरहेका छन् ।” त्यसैले आफूले लामो सिफ्ट काम गर्नु परिरहेको उनले बताइन् । उनका अनुसार अरु बेलाको गर्मी याममा उनको पसलमा झन्डै २ हजार ग्राहक आउने गरेका थिए तर यो हप्ता उनले सबैका लागि ६ फिटको दुरीमा बस्ने प्रबन्ध मिलाएर काम गर्नुपरेको हो । 

त्यस्तै मैले सधैँ आफ्नो कपाल कटाउने, हेयरड्रेसर, एलिसासँग पनि फोनमा कुरा गरेँ । एलिसाका अनुसार उसको पसलमा लकडाउन खुलेदेखि फोनको घण्टी निरन्तर बजिरहेको छ । साथीभाइ आफन्त भेट्न पाउने भएपछि ग्राहकहरुको भीड लाग्न सुरु भएको हो र सबैजान हतारमा भएकाले पहिलो एपोइन्टमेन्टको माग गर्ने गरेको उनी बताउँछिन् । 

यता गर्मीयाम सुरु भइसकेकाले यो समयमा व्यवसाय पुनः खुलाउनु कतिपयका लागि भने चिन्ताजनक बनेको छ । जस्तै सेनिगालियामा निजी ‘बिच रिसोर्ट’ सञ्चालन गर्दै आएका बाग्नी अपपेआलाई आफ्ना कर्मचारीहरु बिरामी पर्ने र अर्कोतर्फ स्यानिटाइजि गरिरहनुपर्ने लगायतका खर्च बढ्ने अनि पर्याप्त ग्राहक पनि नपाउने हुँदा ठूलो चिन्ता छ । उनी भन्छन्, “प्रत्येक गर्मीयाममा हामीले ग्राहकहरुका लागि १०० वटा सम्म छाता तयार गर्ने गरेका थियौँ तर यसपटक भाग्यले साथ दिएमा सायद ५० वटासम्म खुलाउन सक्नेछौँ । ”

यसपछि मैले अर्का एकजना, इम्यानुएल रेन्जीलाई पनि फोन गरेँ जसको रेस्टुरेन्ट मलाई अत्यन्तै मन पर्छ । मैले उनलाई यत्तिका दिनसम्म व्यवसाय गर्न नपाएपछि रेस्टुरेन्ट बन्द गर्नेबारे सोच्नुभयो भन्ने प्रश्न गरेँ जसको जवाफमा उनले भने, “कहिल्यै त्यस्तो विचार आएन । मेरा दुई छोराछोरी छन् र यो रेस्टुरेन्ट मेरो तेस्रो सन्तान बराबर हो । ” 

(Copied from 12Kharai)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope