कोरोना भाईरस महामारी पछिको जिवनशैली यस्तो हुने

८ जेष्ठ २०७७, बिहीबार ०५:४६

कोरोना महामारी पछिको जिवनशैली।
१. प्राय मानिसका मुखमा मास्क हुनेछ। सके र मिलेसम्म झोलामा स्यानिटाईजर पनि हुनेछ।
२. घरमात्र हुनेहरुको खासगरी शहरतिर छतछतमा करेसाबारी हुनेछ।
३. मानिसहरुले भिडभाड त्यति धेरै मन पराउन छोड्ने छन।
४. सकेसम्म खानेकुराहरु घरमै बनाएर खानेछन ।
५. अस्पताल जाने र भर्ना हुनेहरुको संख्यामा केही हदसम्म कमि आउनेछ।
६. ब्याक्तिको अभिबादनको शैली हातमिलाउने भन्दा बढी नमस्कार हुनेछ।
७. मानिसहरुले यात्रा कम्ती गर्नेछन।
८. अनलाईन पढ्ने विद्यार्थीहरुको पनि संख्या बढ्नेछ। अनलाईन पढाउने बिद्यालयतिर ध्यान जान थाल्ने छ।

साभार: फेसबुक

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.