लण्डनमा हरेक ६ मध्ये एक जना कोरोना संक्रमित

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर ३ लाख ३२ हजार नाघिसकेको छ। संक्रमितको संख्या पनि ५० लाखभन्दा बढी छ। संक्रमित र मृतक दुवैको संख्या बढ्दो क्रममा छ।
कोरोनाबाट के हुँदैछ त विश्वभर ?
– बेलायती सरकारको तथ्यांक अनुसार लण्डनमा हरेक ६ जनामध्ये एक कोरोना संक्रमित छन्। त्यसैगरी पूरै बेलायतमा हरेक २० जनामध्ये एकलाई कोरोना लागेको छ।
– दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट दुई दिनको नवजात शिशुको मृत्यु भएको छ। यो विश्वमै कम उमेरको मृत्यु हो कोरोनाबाट।
– ल्याटिन अमेरिकामा कोरोनाको कहर बढ्दो क्रममा छ। ब्राजिल। पेरु र मेक्सिकोमा संक्रमित र मृतकको संख्या तीव्र गतिमा बढिरहेको छ।
– यमनमा रहेको एक केयर सेन्टरमा रहेका १७३ जनामध्ये ६८ जनाको मृत्यु भएको छ।
– तापक्रम बढेसँगै फ्रान्स, नेदरल्याण्ड तथा बेलायतका समुद्र किनारमा मानिसहरुको भीड बढ्न थालेको छ। यसले कोरोना संक्रमण बढ्ने चिन्ता व्यक्त भइरहेको छ।
– स्पेनमा पछिल्लो २४ घण्टामा ४८ जनाको मात्र मृत्यु भएको छ। यो संख्या दैनिक मृत्युमा अहिलेसम्मकै सबैभन्दा कम हो।
बीबीसी
Copied from Nepal Samaya
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस