साउदी अरबमा हुन थाल्यो नेपालीको मृत्यु, १३ सय ६४ संक्रमित ७ को मृत्यु

जेठ ९, २०७७ काठमाडौं ः साउदी अरबमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या एक हजार ३ सय ६४ पुगेको छ भने सात जनाले ज्यान गुमाएका छन्। सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन्।
संक्रमित नेपालीमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् । त्यस्तै जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना संक्रमित भएका छन्। साउदी अधिकारीहरुका अनुसार संक्रमणबाट निको हुने नेपालीको संख्या उच्च छ ।
कोरोनाको संक्रमण भएकासँग टेलिफोन सम्पर्कमा रहनेलाई उच्च मनोबल दिने र हौसला प्रदान गर्ने प्रकारका कुराकानी गर्न दूतावासले अनुरोध गरेको छ । रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य जाँच गराउन साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ।
कोरोना सङ्क्रमणका कारण विभिन्न समस्यामा परेका नेपालीहरूको विवरण सङ्कलन गर्न नेपाली राजदूतावासले जेष्ठ १ गतेदेखि अनलाइन फारम सार्वजनिक गरेको छ। धेरै नेपालीहरूले अनलाइनबाट आफ्नो विवरण भर्न नजानेर समस्या भएको गुनासो आएको दूतावासको भनाइ छ। उक्त फारम नेपाली राजदूतावासको वेबसाइटमा गई फारम भर्न सकिन्छ ।
यसअघि टेलिफोन, ह्वाट्सएप तथा इमेलबाट आफ्नो विवरण टिपाएकाले फारम भर्न नपर्ने दुतावासले जानकारी गराएको छ।
साउदी अरबमा हालसम्म ६५ हजार ७७ जनामा संक्रमण देखिएको छ भने ३ सय ५१ जनाको ज्यान गएको छ।
(Copied from Thaha Khabar)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस