अमेरिकामा कोरोनाका कारण १ लाखको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट विश्वमा सर्वाधिक प्रभावित अमेरिकामा सोका कारण ज्यान गुमाउनेको संख्या एक लाख नजिक पुगेको छ।
रोयटर्समा प्रकाशित समाचारका अनुसार शनिबार साँझसम्म अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९६ हजार २ भएको छ।
शनिबारमात्रै कोरोनाका कारण त्यहाँ १ हजार ८ सय ५२ जनाले ज्यान गुमाएका छन्।
यसैगरी शनिबार साँझसम्म २४ हजार २ सय ६८ जना नयाँ संक्रमित फेला परेका छन्।
योसँगै अमेरिकामा संक्रमितको संख्या १५ लाख ९५ हजार ८ सय ८५ पुगेको अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ।
कोरोनाले अमेरिकामा महामारीको रूप लिन थालेपछि अमेरिकी सरकारले भाइरसका कारण करिब २ लाख ४० जनाले ज्यान गुमाउन सक्ने अनुमान सार्वजनिक गरेको थियो।
अमेरिकामा कोरोना संक्रमित र सोबाट मृत्यु हुनेको संख्या वृद्धि हुनेक्रम जारी रहेपनि त्यहाँका राज्यहरूले अर्थव्यवस्था बिग्रदैं गएको भन्दै लकडाउन खुकुलो पारिसकेका छन्।
(Copied from Seto Pati)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस