र्‍यापिड टेस्ट जनस्वास्थ्यको हिसाबले सरासर अपराध हो

१० जेष्ठ २०७७, शनिबार २२:२६

नेपालमा कोरोना संक्रमणको कहर बढेर गएको छ । संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । यस्तो स्थितिमा सरकारले आरडीटी परीक्षणमा जोड दिइरहेको छ । आरडीटी परीक्षणमा पोजेटिभ आएलगत्तै जनजीवन आतंकित बन्ने, सरकारले त्यस्ता फेला परेका क्षेत्रलाई सीलबन्दी गर्ने तर अधिकांश केसहरुमा चाहिँ तिनै पोजेटिभको पीसीआर परीक्षण नतिजाचाहिँ नेगेटिभ आउने घटनाले मानिसहरुलाई रनभुल्लमा पारिरहेको छ । त्यसमाथि थप, ‘अनिश्चितकालीन’ जस्तै तर अव्यवस्थित बन्दै गइरहेको लकडाउनका कारण पनि स्थिति अन्यौलग्रस्त बन्दै गइरहेको छ ।

वास्तवमा, यस्तो किन भइरहेको छ ? यो स्थितिलाई चिर्न र जनजीवनलाई सहज तुल्याउन सरकारले गर्नैपर्ने कामहरु के के हुन सक्छन् ? यिनै विषयवस्तुको सेरोफेरोमा केन्द्रीत रहेर हामीले रातोपाटीमा कोरोनाबहसको एउटा श्रृङ्खला शुरु गरेका छौं । यस श्रृङ्खलामा हामी कोरोनाका बारेमा गम्भीर रुपमा अध्ययन गरिरहेका तथा स्थितिलाई नजिकबाट नियालिरहेका जनस्वास्थ्यविद्हरुको विचार र दृष्टिकोणलाई प्रस्तुत गर्ने कोशिश गर्नेछौं । यसै सन्दर्भमा प्रस्तुत छः जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितसँग रातोपाटीका लागि माया श्रेष्ठले गरेका कुराकानीको सम्पादित उतार ।

नेपालमा आरडीटी परीक्षणमा पोजेटिभ आएर आतंकित बनाउने अनि पिसिआर परीक्षणमा चाहिँ नेगेटिभ आउने घटनाहरु बढी नै आइरहेका छन् । वास्तवमा यस कुराले के संकेत गरिरहेको छ : नेपालमा पहिले नै संक्रमण विद्यमान थियो र त्यो निको भइसकेको हो वा अहिले अपनाइएको परीक्षणका तौरतरिकामा नै सोच्नुपर्ने बेला आएको हो ?

आरडिटि टेष्टको क्षमताको बारे सबैलाई छ । नेपालमा पहिलादेखि नै आरडिटिको टेष्टलाई प्राथमिकता दियो । बीचमा केही समय रोकिएपनि फेरि अहिले आरडिटिलाई सरकारले प्राथमिकता दिइरहेको छ । सरकारले किन आरडिटिलाई प्राथमिकता दियो भन्ने बारेमा थाहा छैन । आरडिटि टेष्टबाट आएको नतिजालाई सार्वजनिक गर्ने नै होइन । यस टेष्टबाट आएको रिजल्टले सही सूचनालाई गतल तरिकाले अगाडि सार्छ । यसले मानिसहरुमा त्रास फैलाउँछ ।  आरडिटि परीक्षण भरपर्दो छ भने  कुनै समयमा संक्रमण थियो भने ती व्यक्तिलाई पोजेटिभ देखाउँछ ।


नेपालमा आएको र्‍यापिड टेष्टको गुणस्तर वा स्थिति कस्तो छ भन्ने कुरा कसैलाई थाहा छैन । र्‍यापिड टेष्टको गुणस्तर समग्रमा ठिक छ भने र्‍यापिड टेष्टबाट आएको पोेजेटिभ नतिजाले त्यो व्यक्तिमा कुनै समय संक्रमण थियो भनेर मान्नुपर्छ । तर र्‍यापिड टेष्टले परीक्षण गरिएका व्यक्ति वर्तमान समयमा संक्रमित छन् कि छैनन् ? त्यो व्यक्तिमा कोरोना सार्न सक्ने क्षमता छ कि छैन् भन्ने प्रश्नको जवाफ आरडिटिले दिँदैन, पिसिआरले मात्रै दिन्छ ।


नेपालमा आएको र्‍यापिड टेष्टको गुणस्तर वा स्थिति कस्तो छ भन्ने कुरा कसैलाई थाहा छैन । र्‍यापिड टेष्टको गुणस्तर समग्रमा ठिक छ भने र्‍यापिड टेष्टबाट आएको पोेजेटिभ नतिजाले त्यो व्यक्तिमा कुनै समय संक्रमण थियो भनेर मान्नुपर्छ । तर र्‍यापिड टेष्टले परीक्षण गरिएका व्यक्ति वर्तमान समयमा संक्रमित छन् कि छैनन् ? त्यो व्यक्तिमा कोरोना सार्न सक्ने क्षमता छ कि छैन् भन्ने प्रश्नको जवाफ आरडिटिले दिँदैन, पिसिआरले मात्रै दिन्छ ।

यो कुरा सबैलाई थाहा हुँदाहुँदै पनि सरकारले र्‍यापिड टेष्टलाई प्राथमिकता दिएको छ । सरकारले गर्न नहुने कुरा गरिरहेको छ ।  र्‍यापिड टेष्टको क्वालिटी विश्वास गर्ने सक्ने अवस्था छ भने पनि ६५ प्रतिशत नतिजा मात्रै पोजेटिभलाई पोजेटिभ भनेर देखाउन सक्छ ।

सही परीक्षण भएको छ भने पनि र्‍यापिड पोजेटिभ र पिसिआर नेगेटिभ नतिजा आएको व्यक्तिमा कुनै बेला संक्रमित थियो अहिले छैन् भन्ने हो । त्यो राम्रो कुरा हो । त्यस्ता व्यक्तिमा अरुलाई संक्रमण सार्न सक्ने क्षमता हुँदैन । तर घुम्दैफिर्दै जे गरे पनि कुरा  पिसिआरमा आएर ठोकिन्छ   । र्‍यापिड टेष्टलाई प्राथमिकता दिनु भनेको गलत हो ।


सही परीक्षण भएको छ भने पनि र्‍यापिड पोजेटिभ र पिसिआर नेगेटिभ नतिजा आएको व्यक्तिमा कुनै बेला संक्रमित थियो अहिले छैन् भन्ने हो । त्यो राम्रो कुरा हो । त्यस्ता व्यक्तिमा अरुलाई संक्रमण सार्न सक्ने क्षमता हुँदैन । तर घुम्दैफिर्दै जे गरे पनि कुरा  पिसिआरमा आएर ठोकिन्छ   । र्‍यापिड टेष्टलाई प्राथमिकता दिनु भनेको गलत हो ।


उदाहरणका लागि, अहिले आरडिटि परीक्षण गरेको रिपोर्ट देखाएर मात्रै सरकारले काठमाडौं छिर्न दिने भनिरहेको छ । सरकारको यो जस्तो मुर्खता जस्तो अरु केही पनि हुँदैन । र्‍यापिड टेष्टमा नेगेटिभ  रिजल्ट आएको छ तर   पिसिआर टेष्टमा पोजेटिभ रिजल्ट आउन सक्ने व्यक्ति विभिन्न नाका हुँदै काठमाडौं छिरे भने के हुन्छ ? 

राजधानी प्रवेश गर्ने व्यक्तिहरुमा भर्खर–भर्खर संक्रमण सुरुवात भएको रहेछ भने र्‍यापिडले कोरोना पोजेटिभ देखाउँदैनन् । त्यसैले पिसिआर  टेष्ट नगरिकन र्‍यापिड टेष्टलाई मात्रै आधार बनाएर गतल आश्वासन दिने काम गरियो ।

यस्तो गलत आश्वासनले कोरोना संक्रमण दर झन् बढ्दै जान्छ । काठमाडौंको जुन ठाउँमा मानिस आएपनि यस  तरिकाले कोरोना सर्ने सम्भावना धेरै हुन्छ । र्‍यापिड टेष्ट गर्नुभन्दा गर्दै नगर्दैको राम्रो हुन्छ ।

मानिसलाई बरु शंकाको घेरामा राखे हुन्छ । र्‍यापिडको रिजल्ट नेगेटिभ आए नि खुशी हुने र्‍यापिडकै रिजल्ट पोजेटिभ आए नि खुशी हुने अवस्था छदैँछैन । कोरोना संक्रमणको सुरुवाती चरणमै यस टेष्टलाई सुरु गर्नै हुन्थेन ।

मलाई के लाग्छ भने संक्रमितहरुबाट डर छैन । युवाहरुले पचाएर निको भएको छ । तर र्‍यापिड टेष्टले गतल नतिजा देखाएको मानिस ढुक्क भएर समुहको सम्पर्कमा गयो भने के हुन्छ ? कदाचित त्यसरी संक्रमण भएको तर र्‍यापिडकै भरमा संक्रमण छैन भनेर ढुक्क भएका मानिसले व्यापक रुपमा संक्रमण सार्छ कि भन्ने मलाई डर लाग्छ ।

 र्‍यापिड टेस्टको भ्रामक नतिजामा भर पर्ने स्थिति नरहने हो भने कुनै पनि मानिस आफुलाई कोरोना लाग्ने आशंकामा जोखिम  स्थानबाट आएको स्थितिमा आफैं सर्तकता अपनाउन सक्छ । जस्तै भारत तराईको कोरोना प्रभावित क्षेत्रबाट आएको मानिसले र अन्य थाहा आएका मानिसले सर्तकता अपनाउन सक्छन् । तर अहिले त यहाँ जोखिम ठाउँबाट आएको मानिसलाई र्‍यापिड टेष्ट गरेर नेगेटिभ रिजल्ट आएको भरमा नै तिनमा संक्रमण छ कि छैन भन्ने यकिन नै नगरिकन ती टेष्ट गर्ने व्यक्तिलाई सुरक्षित भएको आभास दिलाउने काम गरिएको छ ।

र्‍यापिड टेष्टमा नेगेटिभ रिजल्ट आएका मानिस भिडभाड हुने स्थान मन्दिर, चर्च, गुम्बामा जाने, वृद्धवृद्धा, दीर्घरोगी  तथा अन्य मानिससँग घुलमिल भएर अन्य मानिसमा कोरोना संक्रमण दर झन यसरी बढाउने काम हुन सक्छ ।

र्‍यापिड टेष्ट भनेको गैर जिम्मेवारी टेष्ट हो । र्‍यापिडको भरमा गलत आश्वासन दिएको छ भने त्यो  ज्यानमारा अभियोग लगाउन सक्ने अवस्था जस्तै हो । 

काठमाडौंमा संक्रमितको संख्या बढ्दै गइरहेको छ । भारतबाट नेपाल भित्रिनेको संख्या बढ्दो छ । काठमाडौं छिर्दा र्‍यापिड टेष्टको रिर्पोट देखाउने भनिएको छ । र्‍यापिडको मात्रै भरपर्दा वास्तविक संक्रमितको अवस्था थाहा नपाउने भएकोले उपत्यकामा अब झन संक्रमितको  संख्या बढ्ने खतरा छ । त्यसैले अब गर्नुपर्ने काम भनेको पिसिआर परीक्षणको दायरा बढाउने, फेला परेका वा पहिचान भएका संक्रमितलाई आईसोलेट गर्ने काम गर्नु जरुरी छ । विनालक्षणका संक्रमित धेरै भएर सरकारी बन्दोबस्त वा अस्पतालहरुले मात्रै धान्न सक्ने अवस्था रहँदैन । त्यसैले संक्रमण पहिचान भएका तर लक्षण नदेखिएकाहरुलाई घरमै आईसोलेट गर्न लगाउने अवस्था पनि आउन सक्छ । 

आरडीटी परीक्षणको विश्वसनीयताका बारेमा विश्वका विभिन्न भागहरुमा अनि नेपालमा नै पनि धेरै प्रश्नहरु उठिसकेका छन् । त्यसका बाबजूद सरकारका कामकारवाही हेर्दा उसले पीसीआरपरीक्षणमा भन्दा बढी जोड आरडीटीमा दिएको देखिन्छ । यसबारेमा तपाईंको भनाइ के छ ?

जनस्वास्थ्यको हिसाबले यो सरासर गलत काम हो । यसलाई मुर्खता बाहेक केही भनिँदैन । सरकारले र्‍यापिड टेष्टको बारेमा थाहा नपाएर प्राथमिकता दिएको भन्न मिल्दैँन । पक्कै पनि जनस्वास्थ्य बुझेका मानिसहरुले नै यसबारे निर्णय गरेका होलान् ।

 सरकारले जनस्वास्थ्यमा आधारित भएर निर्णय गरेका छैन । केमा आधारित भएर र्‍यापिड टेष्टलाई प्राथमिकता दिने निर्णय गरेको हो ? त्यो प्रष्ट पार्नु जरुरी छ । अहिले त र्‍यापिड टेष्टलाई प्राथमिकता दिने निर्णय गर्नुको कारण  राजनीतिक आर्थिकलगायत अन्य कुरा हुन सक्ने भनेर विभिन्न मिडिया समाचार आइरहेकै छ । 

 पहिलो पटक र्‍यापिड टेष्ट ल्याउँदा हल्लाखल्ला  भएको सबैलाई थाहा छ । दोस्रो पटक पनि सरकारले र्‍यापिड टेष्टलाई प्राथमिकता दिन्छन् भने झन जनताले शंका गर्ने बाटो  भएन ? संक्रमितको सही पहिचान नै गर्न नसक्ने यो टेस्टमा बढी जोड दिनु जनस्वास्थ्यको हिसाबले सरासर अपराध हो । र्‍यापिड टेष्टको आधारमा मानिसलाई कोरोना छैन् भनेर कुनै ठाउँमा प्रवेश गर्न दिनु भनेको जनस्वास्थ्यमा खेलवाड तथा अपराध गर्नु हो ।

भोलि र्‍यापिड टेष्ट गरेर ढुक्क भएर बसेको मानिसको कोरोनाकै कारण मृत्यु भयो भने त्यसको जिम्मेवारी कसले लिने ? ।

तपाईं विज्ञहरुको कुरा सुन्दा पनि के थाहा पाइन्छ भने पीसीआर परीक्षणले संक्रमणको वर्तमान अवस्थालाई मात्रै देखाउँछ । तत्कालका लागि पीसीआर परीक्षण नेगेटिभ आउनुको अर्थ कोरोनाको संक्रमणबाट मुक्त भइयो भन्ने कुराको ‘लाइफटाइम ग्यारेन्टी’ चाहिँ होइन । भनेपछि कोरोनाको संक्रमणलाई पत्ता लगाउन, नियन्त्रण गर्न र फैलिन नदिनका लागि सरकारले के कुरामा बढी फोकस गर्नुपर्ने देख्नुहुन्छ ?

गाह्रो अवस्था कहाँ छ भने ४० जिल्लामा कोरोना फैलिसक्यो । संक्रमण फैलनु आफैँमा कुनै डर लाग्दो कुरा होइन । किनभने यो सरुवा भाइरस हो । मौसमी रुघाखोकी पनि फैलिन्छ, कोरोना संक्रमण पनि फैलिन्छ ।  संसारभरि हेर्ने हो भने यो संक्रमणले न्युन दरमा मृत्यु भएको छ । नेपालमा नै पनि कोभिड–१९ ले भन्दा अन्य रोगले धेरै संख्यामा वर्षेनी मानिस मर्छन् ।

 यतिखेर कोभिड– १९ बाहेक रोगहरुलाई ओझेलमा राखिएको छ । त्यति हुँदाहुँदै पनि राज्य संक्रमण रोक्न सक्दैन भन्ने प्रश्न किन आयो भन्ने कुरा उठ्न सक्छ ।


मेरो विचार अव संक्रमण रोक्ने भन्ने अवस्था नै आउँदैनन् । संक्रमण रोक्न सकिँदैन । संक्रमण फैलिएर सर्ने क्रममा छ । यो मैले मानिसहरुलाई अत्याउनलाई भनिरहेको होइन । हामीले कोरोनाभाइरसको संक्रमणलाई स्वभाविक रुपमै लिन सिक्नु पर्छ । विश्व स्वास्थ्य संगठनले भनेको कुरालाई सम्झन चाहे जस्तै अब संसारभर कोरोनारोगसँग बाँच्न सिक्नुपर्छ, । सायद जिन्दगीभर नै यस रोगबाट बाँच्न अभ्यस्त बन्नुपर्छ ।


मेरो विचार अव संक्रमण रोक्ने भन्ने अवस्था नै आउँदैनन् । संक्रमण रोक्न सकिँदैनन् । संक्रमण फैलिएर सर्ने क्रममा छ । यो मैले मानिसहरुलाई अत्याउनलाई भनिरहेको होइन । हामीले कोरोनाभाइरसको संक्रमणलाई स्वभाविक रुपमै लिन सिक्नु पर्छ । विश्व स्वास्थ्य संगठनले भनेको कुरालाई सम्झन चाहे जस्तै अब संसारभर कोरोनारोगसँग बाँच्न सिक्नुपर्छ, । सायद जिन्दगीभर नै यस रोगबाट बाँच्न अभ्यस्त बन्नुपर्छ ।

कोरोनाभाइरसको संक्रमण संसारमा स्थायी रुपमा रहिरहन सक्छ भनेर विश्व स्वास्थ्य संगठनले त्यत्तिकै भनेको होइन । अहिलेसम्मको स्थिति हेर्दा यो भाइरसको संक्रमणलाई संसारको कुनै पनि देशले रोक्न सक्दैन ।

हो, केहीकही कुनै देशमा संक्रमण रोकिएको जस्तो देखिएको छ । तर त्यो भनेको देखिन छोडेको मात्रै हो । जो–जो संक्रमित पुष्टि भए, तिनीहरु एक किसिमले निको भइसके अनि जो–जोमा संक्रमण पुष्टि भएका छैनन्, तिनीहरु परीक्षणको दायरामा नपरेका पनि हुन सक्छन् । प्रत्येक व्यक्तिलाई पिसिआरट टेष्ट गर्न विकसित देशले पनि गर्न सकिरहेको छैन ।

त्यसैले अब गर्नुपर्ने भनेकै यस संक्रमणलाई पुर्णरुपमा रोक्न सकिदैँन भनेर स्वीकार्ने हो । यो संक्रमण एक जनाले तीन जनालाई सार्छ, तीन जनाले ९ जनालाई सार्छ यसरी बढ्दै जान्छ । यो हिसाबले हेर्दा नेपालमा परीक्षणको दायरा बढाउन त्यसै पनि ढिला भइसको छ । लकडाउनले सुरुवाती समयमा केही हदसम्म संक्रमण हुनबाट रोकियो । लकडाउनको मुुख्य मर्म कोरोना संक्रमण रोक्ने भन्दा पनि तयारी गर्नका लागि गरिने उपाय हो तर त्यस अवधिमा सरकारले खासै तयारी गर्न सकेन ।

अब हामीले परीक्षणको दायरालाई बढाउने कुरा आफ्नै ठाउँमा छ । आउँदा दिनहरु गर्नैपर्ने काम भनेको सकेसम्म धेरैलाई परीक्षण गर्दै जाने, विशेषतः जोखिम समुहमा केन्द्रित हुने, जोखिम समुहलाई पहिचान उपचार सँगसगै  अन्य काम कार्यहरु सुरु गर्न थाल्नुपर्छ ।

कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि लकडाउनलाई मात्रै आधार मान्नु भएन । अबको मार्ग भनेकै विस्तारै अगाडि बढ्ने हो । परीक्षणको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या पनि बढ्न सक्छ । फेला परेका संक्रमित निको हुँदै जान्छन् । त्यसैले परीक्षणको दायरा बढाउँदै जाने संक्रमणका आशंका गरिएकालाई क्वोन्टाइनमा राख्ने, साथै आम रुपमा सामाजिक दुरी कायम गर्दै मास्क, पञ्जा, चस्मा लगाउने, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, सभा सम्मेलन नगर्ने लगायत सावधानीका सबै उपायहरुलाई अवलम्वन गर्दै अघि बढ्नुको विकल्प छैन । त्यसरी अगाडि बढ्दा जन–जीवन पुरानो अवस्थामा त नफर्किए तर त्यसलाई  नयाँ ढंगले अगाडि बढाउनुपर्छ । अब गर्ने भनेको संक्रमण भएकोलाई नियन्त्रण गर्दै  जन–जीवनलाई नयाँ ढंगले अगाडि बढाउन सक्नुपर्छ ।

मुख्य कुरा के हो भने कोरोनासँगै हामी अगाडि बढ्न सक्नुपर्छ । यो रोग फैलिने भएकैले महामारी भनिएको हो । फैलिन्थेन भने महामारी भनेर घोषणा हुने थिएन । जस्तै कोरोनाभाइरसकै अन्य प्रजातिले हुने सार्स अठ्ठाइस देशमा आएर सर्न बन्द भए जस्तै भएको छ ।  मार्स सत्ताइसवटा देशमा फैलिएर सर्न बन्द भए जस्तो भएको छ । तर कोभिड–१९ करिबकरिब विश्वव्यापी भएको छ । त्यसैले महामारी भनेकै संसारभर फैलन सक्ने रोग हो । विकसित देशहरुले पनि यो संक्रमणलाई रोक्न सकेको छैन् । एक स्तरमा नियन्त्रण गरेर राखेको छ । मुलतः उनीहरुले संक्रमणको सबैभन्दा बढी शिकार बन्न सक्ने वृद्धवृद्धा, दीर्घरोगी र जोखिममा रहेकालाई बचाइराखेका छन् ।

 युवा तथा रोग प्रतिरोधात्मक क्षमता भएका मानिस कोरोनाको कारण मर्ने सम्भावना न्युन हुन्छ । त्यसैले नेपालमा पनि वृद्धावृद्धा, दीर्घरोगी, जोखिम भएकालाई संक्रमणबाट जोगाउने उपायहरु अवलम्बन गर्ने, भिडभाड नगर्ने नगराउने, संक्रमितको नजिकै नजाने, समुहमा बस्दा मास्क लगाएर सामाजिक दुरी कायम गरेर अबको जनजीवनलाई सहज बनउन तर्फ लाग्नुपर्छ ।


कोरोनाभाइरसकै कुरा गरिरहँदा अन्य गम्भीर स्वास्थ्य समस्याहरुलाई भुल्नु हुँदैन । मातृमृत्यु दर अघिल्लो वर्षभन्दा यस वर्ष बढ्न थालेको छ । शिशुको मृत्युदर बढ्ने, नियमित खोप नपाएर ४ हजार बालकालिका मर्न सक्ने आँकलन युनिसेफले नै गरिसकेको छ । लकडाउनको समयमा नै आत्महत्याबाट करिब ७ सय मानिस मरे । तुलनात्मक रुपमा हेर्ने हो भने कोभिडले नेपालमा कति जनालाई मार्ला ? कोभिडले हुने मृत्युहरु पन्छाउन नसकिएला तर याद राख्नै पर्ने कुरा के हो भने अहिलेको स्थितिमा कोभिडबाट हुने मृत्युको तुलनामा  नेपालमा अन्य रोगले मर्नेको संख्या भन्दा १० गुणा बढी हुन सक्छ ।


कोरोनाभाइरसकै कुरा गरिरहँदा अन्य गम्भीर स्वास्थ्य समस्याहरुलाई भुल्नु हुँदैन । मातृमृत्युदर अघिल्लो वर्षभन्दा यस वर्ष बढ्न थालेको छ । शिशुको मृत्युदर बढ्ने, नियमित खोप नपाएर ४ हजार बालबालिका मर्न सक्ने आँकलन युनिसेफले नै गरिसकेको छ । लकडाउनको समयमा नै आत्महत्याबाट करिब ७ सय मानिस मरे । तुलनात्मक रुपमा हेर्ने हो भने कोभिडले नेपालमा कति जनालाई मार्ला ? कोभिडले हुने मृत्युहरु पन्छाउन नसकिएला तर याद राख्नै पर्ने कुरा के हो भने अहिलेको स्थितिमा कोभिडबाट हुने मृत्युको तुलनामा  नेपालमा अन्य रोगले मर्नेको संख्या भन्दा १० गुणा बढी हुन सक्छ । त्यसैले हाम्रा प्रयत्न कोभिडमा केन्द्रीत हुँदा हुँदै पनि अवको काम र पहल भनेको अरु खतरनाक स्वास्थ्य समस्याहरुबाट मानव जीवनलाई बचाउने पनि हुनुपर्छ ।

संक्रमणका कुनै लक्षण नभएका तथा संक्रमितसँग खासै लसपस नभएका हुने खाने र पहुँच हुनेहरुले सरकारी आयोजनमा पीसीआर टेस्ट गर्ने गरेको तर वास्तवमै पीसीआर परीक्षण गर्नैपर्नेहरुले चाहिँ त्यो अवसर प्राप्त नगरिरहेको कुराहरु समाचार पढ्दा देखिन्छ । यो देख्दा तपार्ईलाई कस्तो लाग्छ ?


अहिलेको संक्रमणको विस्तार हेर्दा तराईमा को जोखिममा छैन् होला अनुमान लगाउन सकिन्छ र ? शंका लागेकाले पिसिआर टेष्ट गरे त राम्रो हो । तर अब के गर्नु पर्‍यो भने स्वास्थ्य क्षेत्रमा लागेर अग्रपंक्तिमा खटिएर संक्रमितसँग प्रत्यक्ष सरोकार राख्ने, भारतबाट आएका, संक्रमित जिल्लामा बसेका जो कोहीलाई कोरोना परीक्षण गर्नुपर्छ । त्यस बाहेक संक्रमितसँग नजिक भएको शंका लाग्नेले पनि परीक्षण गर्न  जरुरी हुन्छ । तर कोरोनाको संक्रमण हुन सक्ने वास्तविक स्थितिको आशंका नभइकनै  पहुँचको आधारमा टेष्ट गराउन जरुरी छैन ।


कोरोना परीक्षण कसलाई गर्नुपर्छ कसलाई गर्नुपर्दैन भन्ने कुरामा म आफैँ नै अन्योलमा छु । कहिले मन्त्रालय जान्छु कहिले ल्याबसँग जोडिन्छु । म पनि जोखिममा छु  ।   कडा संक्रमणको संक्रमणको जोखिममा नभएपनि जोखिममा म पनि छु । तर  मैले परीक्षण गरेको छैन । किनभने मैले संक्रमणबाट बच्ने आवश्यक सावधानीहरु अपनाएको छु, मास्क लगाएको छु , सामाजिक दुरी कायम राखेको छु, अहिलेसम्म सायद मलाई संक्रमण भएको छैन होला । पत्रकार मध्ये कुन–कुन पत्रकार जोखिममा छन् भन्ने कुरा, अग्रपंक्तिमा रहेका चिकित्सक, सेना, पुलिस ट्राफिक, गार्ड, तरकारी बेच्ने, खुद्रा वितरक अन्य सबै जोखिममा छन् । उनीहरुमध्ये कतिपय कुनै–कुनै समयमा संक्रमित व्यक्तिसँग नजिक आएका हुन सक्छ । त्यसैले परीक्षण जसलाई गरे पनि हुन्छ । अहिलेको संक्रमणको विस्तार हेर्दा तराईमा को जोखिममा छैन् होला अनुमान लगाउन सकिन्छ र ? शंका लागेकाले पिसिआर टेष्ट गरे त राम्रो हो । तर अब के गर्नु पर्‍यो भने स्वास्थ्य क्षेत्रमा लागेर अग्रपंक्तिमा खटिएर संक्रमितसँग प्रत्यक्ष सरोकार राख्ने, भारतबाट आएका, संक्रमित जिल्लामा बसेका जो कोहीलाई कोरोना परीक्षण गर्नुपर्छ । त्यस बाहेक संक्रमितसँग नजिक भएको शंका लाग्नेले पनि परीक्षण गर्न  जरुरी हुन्छ । तर कोरोनाको संक्रमण हुन सक्ने वास्तविक स्थितिको आशंका नभइकनै  पहुँचको आधारमा टेष्ट गराउन जरुरी छैन । पहुँचको आधारमा शंका गर्नुपर्ने कारणबिना नै टेष्ट गर्दा साँच्चिकै टेष्ट गर्नैपर्ने मानिस छुट्न सक्छन् । (साभार: रातो पाटी)

लेखक: माया श्रेष्ठ रातो पाटीमा लेख्नुहुन्छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.