हेटौँडामा हलचल ल्याउने अडियो


शुक्रबार मात्रै हेटौंडा–४ घर भएकी ५४ वर्षीया महिलालाई कोरोना संक्रमणको पुष्टि भयो । उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पीसीआर पोजेटिभ देखायो ।

हेटौंडामा यो समाचारले हंगामा ल्यायो । यसअघि मकवानपुरका भनिएका तर, उपत्यकामा बस्ने २ जनामा कोरोना संक्रमण देखिए पनि हेटौँडाबासी त्यति त्रसित थिएनन् । तर, हेटौंडा–४ हुप्रचौर घर भएकी महिलालाई नै कोरोना संक्रमण देखिएपछि स्थानीय त्रसित भए ।

उनै संक्रमित महिला १ साताअघि हेटौंडा अस्पतालमा उपचार गरेर काठमाडौं गएको खबर आएपछि हेटौंडामा अहिले सन्नाटा छाएको छ । हेटौँडा अस्पतालमा लकडाउनकै बीच उपचार गराउने आउने बिरामीको भीड लाग्थ्यो । यसरी भीड हुने अस्पतालमा उपचार गराएकी महिलामा संक्रमणको पुष्टि भएपछि स्थानीयमा त्रास बढेको हो ।

त्रासकै बीच शनिवार बिहान एउटा अडियो ‘क्लिप’ सामाजिक सञ्जालमा भाइरल भयो । ३२ सेकेण्डको अडियोमा एक व्यक्तिको स्वरमा अतिरञ्जित भनाइ थियो । अडियोमा तत्कालीन संविधानसभा सदस्यको श्रीमतीलाई कोरोना देखिएको लगायतका अफवाह अडियोमा थियो । उक्त अडियोको कारण हेटौँडामा हलचल नै मच्चिएको छ ।

अडियोमा भनिएको छ ‘सांसदले विदेशबाट छोरीलाई अस्ती (बिहीबार) प्लेन चार्टर्ड गरी घर (हेटौँडा)मा ल्याएर पार्टी (भोज) गरेको । पार्टीमा जनप्रतिनिधि, जिल्लास्थित नेताहरू सामेल रहेको जानकारीमा आएको छ ।’ अडियोको सुरुवातमा संक्रमित महिला हेटौँडा–३ को नभई हेटौंडा–४ को रहेको पनि भनिएको छ ।

यो अडियो विषयमा हेटौँडाका स्थानीयले सत्यतथ्य खोजी गरिनुपर्ने माग गरेका छन् । अडियोको कारण हेटौँडामा त्रास बढेको भन्दै दोषिलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

शनिबार नै एक युवकले युट्युबमा भिडियो पनि अपलोड गरे । जुन भिडियो अडियोको आधारमा बनाएको देखिन्छ । भिडियोमा एक नेताले घरमा कोरोना संक्रमितलाई लुकाएर राखेको आरोप लगाएका छन् । ‘ब्ल्याक क्याट’ नामक युट्युब च्यानलबाट यो भिडियो अपलोड भएको देखिन्छ ।

(Copied from Shila Patra)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope