स्वास्थ्य मन्त्रायलको त्रुटि


 कोरोना सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले पटक पटक त्रुटि गर्दै आएको छ । गल्ती सच्याउने प्रतिबद्धता जनाए पनि संवेदनशील नबन्दा मन्त्रालयको कोरोना अपडेटमा पटकपटक समस्या भेटिँदै आएको छ ।

आइतबार स्वास्थ्य प्रवक्ता डा. विकास देवकोटाले मोरङको बाह्रदशी–३ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको बताए । जबकी, मोरङमा बाह्रदशी छैन ।

खासमा झापाको बाह्रदशी गाउँपालिका हुनुपर्नेमा डा. देवकोटाले मोरङ भनेका थिए । गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी भन्छन्, ‘कोरोना संक्रमण देखिएको झापाको बाह्रदशी गाउँपालिकामा हो ।’ उनका अनुसार संक्रमित व्यक्ति एक साता अघि भारतको दिल्लीबाट आएका थिए ।

राजगढको क्वारेन्टाइनमा राखिएकै वेला उनमा संक्रमण देखिएको हो । भारतबाट आएर सिधै क्वारेन्टाइनमा राखिएकाले उनको थप कन्ट्याक ट्रेसिङ गर्नु नपरेको राजवंशीले अनलाइनखबरलाई बताए ।

उनका अनुसार संक्रमित व्यक्तिलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको छ । आइतबार थपिएका १९ जनासहित नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघेको छ ।

(Copied from Online Khabar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope