अमेरिका ‘राजनीतिक भाइरस’ बाट संक्रमित


कोरोना भाइरसलाई लिएर अमेरिकाले षडयन्त्र तथा झुट फैलाइरहेको चीनका विदेश मन्त्रीले आरोप लगाएका छन् ।

कोरोना भाइरसको महामारीलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको आलोचना गर्दै आएका छन् । उनले चीनले सूचना लुकाएको तथा बेलैमा उपयुक्त कदम नचालेका कारण अहिलेको अवस्था आएको आरोप लगाउने गरेका छन् । यस्तै ट्रम्पले कोरोना भाइरस चीनले निर्माण गरेको अभियोगसम्म लगाउने गरेका छन् ।

चीनले ती सबै आरोप स्पष्ट रुपमा अस्वीकार गर्दै आएको छ । कोरोना भाइरस महामारीलाई लिएर अमेरिका र चीनबिचको सम्बन्धमा थप तनावको अवस्था सिर्जना भएको छ ।

सोही क्रम चीनका विदेश मन्त्री वाङ्ग यीले आइतबार पत्रकारसँग अमेरिका ‘राजनीतिक भाइरस’ बाट संक्रमित भएको बताएका हुन् ।

चिनियाँ विदेश मन्त्री वाङ्गले अमेरिकालाई समय बर्बाद नगर्न सुझाव दिएका छन् । कोरोना भाइरसविरुद्धको अभियान प्रभावकारी नहुँदा अमेरिकामा धेरै अमूल्य जीवनहरु गएकाले त्यस तर्फ ध्यान दिन उनले अमेरिकालाई आग्रह गरेका छन् । अमेरिकाका केही राजनीतिज्ञ अमेरिका–चीन सम्बन्ध खराब बनाउन लागि परेको उनको आरोप छ ।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक नेता जो बाइडेनको सामना गर्न लागेका ट्रम्पले अमेरिकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको काम अपर्याप्त रहेको भन्दै आलोचना हुने गरेको छ । ट्रम्पले भने कोरोना भाइरसको महामारीले यो रुप लिनुमा चीन र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दोषी रहेको बताउँदै आएका छन् ।

आइतबार चिनियाँ विदेश मन्त्री वाङ्गले महामारी नियन्त्रणका लागि चीनले जिम्मेवार भएर सुरक्षित रुपमा काम गरेको दाबी गरे ।

गएको डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वभर तीन लाख ४५ हजार मानिसको ज्यान गएको छ । अमेरिकामा सबैभन्दा धेरै ९७ हजार ६९८ जनाको मृत्यु भइसकेको छ ।

(Copied from Desh Sanchar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope