अलपत्र नेपालीलाई कन्चनपुर भित्राइँदै


१२ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कन्चनपुरले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई सोमबार गड्डाचौकी नाकाबाट नेपाल भित्राउँदै छ ।

प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले कम्तिमा १२ सय नेपालीहरु भारततर्फ रहेको र उनीहरुलाई मध्याह्नबाट नेपाल भित्राइने जानकारी दिए ।

नेपाल प्रवेश गर्नुअघि उनीहरुलाई नाम, ठेगाना र क्वारेन्टाइनमा बसे–नबसेको विवरणसहितको फारम भराइने छ । सो फाराम भर्न छुटाएमा जिल्ला प्रवेश गर्दा कठिनाई हुने भएकाले अनिवार्य रुपमा फारम भर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी खतिवडाले अनलाइनखबरसँग भने, ‘कतिपय नेपाली भारतको क्वारेन्टाइनमा बसेका छन्, कतिपय त्यत्तिकै अलपत्र अवस्थामा छन्, उनीहरुलाई सिमानामा व्यक्तिगत विवरणसहितको एउटा सानो फारम भराएर र ज्वरो नापेर भित्राउँछौं ।’

तर, किट अभाव भएकाले उनीहरुको कोरोना परीक्षण भने हुने छैन । प्रजिअ खतिवडाले भने, ‘धेरै जना भएकाले अहिले उनीहरुको कोरोना परीक्षण गर्न सम्भव भएन ।’ नेपाल प्रवेश गराउँदा हरेकलाई एउटा सर्जिकल मास्क र एक बोतल पानी दिइने प्रजिअ खतिवडाले जानकारी दिए ।

नेपाल प्रवेश गरेकाहरुलाई भन्सार क्षेत्रको कम्पाउन्ड र गड्डा चौकी नजिकैको एउटा स्कुलमा राख्ने व्यवस्था मिलाइएको छ । त्यहाँ उद्योग वाणिज्य संघ लगायतले खाना खुवाउने प्र्रवन्ध मिलाएका छन् ।

‘सुदूरपश्चिम प्रदेशका र अन्य प्रदेशकालाई अलग–अलग राख्छौं र बसको व्यवस्था गरेर उनीहरुको घरसम्म पु¥याउने व्यवस्था मिलाउँछौं,’ प्रजिअ खतवडाले भने ।

यसअघि गत चैत ९ गतेसम्म गड्डाचौकी नाकाबाट ७० हजार नेपाली भित्रिएका थिए ।

(Copied from Online Khabar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope