कैलालीमा एम्बुलेन्स दुर्घटनामा हुँदा २ जना घाइते भएका छन् ।
गोदावरी नगरपालिका–८ स्याउले बजार नजिकै पूर्वबाट पश्चिम आउँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ झ ३९० नम्बरको एम्बुलेन्सले रोकीराखेको ट्याक्टरलाई ठक्कर दिँदा एम्बुलेन्स चालक र १ जना सवार घाइते भएका हुन् ।

एम्बुलेन्स चालक कञ्चनपुरको पुर्नवास नगरपालिकाका ४८ बवर्षीय रामबहादुर थापाको टाउकोमा चोट लागेको र एम्बुलेन्समा सवार रघुनाथ ओझाको खुट्टामा चोट लागेको छ । उनीहरूको अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार विरामीलाई नेपालगञ्ज पुर्याएर आउँदै गरेको अवस्थामा एम्बुलेन्स दुर्घटना भएको हो ।
(Copied from Shilapatra)
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com