कोरोना रोक्न लकडाउनको निर्णय गलत, मृत्युदर झन बढ्यो

नोबेल पुरस्कार विजेता वैज्ञानिक माइकल लेभिटले कोरोना भाइरसको संक्रमण रोक्न लगाइएको लकडाउन मानिसका लागि झनै घातक भएको र मानिसका मृत्यु संख्यामा तीव्रता आउनसक्ने बताएका छन् ।
उनले मानिसलाई घरभित्रै राख्ने निर्णय उनीहरुलाई तनाव दिनु भएको बताएका छन् । स्टेनफोर्ड विश्वविद्यालयका वैज्ञानिक लेभिटले कोरोना भाइरसको महामारीको सुरुवाती चरणलाई लिएर भविष्यवाणी गरेका थिए ।
प्राध्यापक लेभिटले प्राध्यापक नील फर्ग्युसनको एक सिद्धान्तअनुसार यसबाट मृत्यु हुने अनुमान १० देखि १२ गुणा बढेको बताएका छन् । उनले लकडाउनका कारण महामारीको प्रसार रोक्न नसकिएको र लाखौं मानिसले आफ्नो रोजगारी समेत गुमाएको उनले बताएका छन् ।
प्राध्यापक लेभिटले लकडाउनले कोरोना भाइरसबाट मानव जीवनको रक्षा नगरेको बरु नोक्सान भएको बताए । उनले सकड दुर्घटनाबाट हुने मृत्यु कम भएपनि घरेलु हिंसा अत्यधिक बढेको उनको भनाई छ । प्राध्यापक लेभिटले सन् २०१३ मा केमेस्ट्रीतर्फ नोबेल पुरस्कार पाएका थिए ।
यस्तै प्रसिद्ध फिजिसियन जेपी मोर्गन र रणनीतिकार मार्को कोलानोभिकले त्रुटिपूर्ण वैज्ञानिक पत्रका आधारमा लकडाउन लागू गर्ने निर्णय गरेको तथा यसले कार्यकुशलता प्रभावित भएको बताएका छन् ।
उनले लकडाउन हटाएपछि पनि संक्रमणको दरमा कमी आएको भन्दै भाइरसको आफ्नो गतिशीलता हुने सुझाव दिएका छन् ।
उनले डेनमार्कको उदाहरण दिँदै स्कुल र शपिङ मल पुनः खोलेपछि एक व्यक्तिबाट अन्यमा कोरोना संक्रमणको दर कम भएको बताए । यस्तै जर्मनीमा पनि लकडाउन खुला गरेपछि संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ ।
(Copied from Shila Patra)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस