फेरी थपियो कोरोना संक्रमित संख्या

काठमाडौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो कोराना परीक्षणमा बर्दियाका एक र बाँकेका चार गरी पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रतिष्ठानले साँझ विज्ञप्ति प्रकाशित गरी कोरोना पुष्टि भएकामा बर्दियामा सङ्कलित एक सय नमूनामध्ये बाँसगढी –९ निवासी एक २५ वर्षीय पुरुषमा पोजेटिभ फेला परेको जनाएको छ।

त्यस्तै, बाँकेको नारायणपुर भवनपुर माध्यमिक विद्यालयमा सङ्कलित १२९ नमूनाको परीक्षणका क्रममा राप्ती सोनारी गाउँपालिका –५ बाँकेका २४, २३, २३ र १६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ। नेपालमा हालसम्म ८७ जना व्यक्ति निको भएर घर फर्किएका छन् ।
(Copied from Janaboli)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस