कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुन थाल्यो इबोलाविरुद्धको औषधि

कोरोना भाइरस संक्रमितको उपचारमा प्रभावकारी हुने देखिएको इबोलाविरुद्धको औषधि रेमडिसिभियरको प्रयोगका लागि बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले स्वीकृति दिएको छ ।
रेमडिसिभियरले कोरोना भाइरसबाट संक्रमित भएका बिरामीको उपचार अवधि छोट्याउने अर्थात यो औषधि दिइएका बिरामी चाँडो निको हुने देखिएको छ ।
बेलायतका स्वास्थ्य मन्त्री म्याट हानककले रेमडिसिभियरको प्रयोग स्वीकृत गर्नु कोरोना भाइरसको महामारी सुरु भएयता यसको उपचारको पक्षमा भएको सबैभन्दा ठूलो निर्णया रहेको बताएका छन् ।
इबोलाको उपचारका लागि प्रयोग भएको रेमडिसिभियर एन्टी–भाइरल औषधि हो ।
बेलायतका नियामकहरुले रेमडिसिभियरलाई कोरोना भाइरसविरुद्धको उपचारमा प्रयोग गर्नका लागि आवश्यक सबै प्रमाण रहेको बताएका छन् ।
तत्कालका लागि यो औषधि अनुसन्धानले सबैभन्दा धेरै प्रभावकारी हुने देखाएका समूहमा मात्रै प्रयोग हुनेछ ।
अमेरिका र जापानमा यसअघि नै यो औषधिको प्रयोग सुरु भएको छ । अमेरिकी कम्पनी गिलियाडले यो औषधि उत्पादन गरेको हो ।
(Copied from Desh Sanchar)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस